पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
समाज
Jun 01, 2019
प्रदेशको गौरव आयोजनाका रुपम अघि बढ्दै ‘उपत्यका काठ चक्रपथ’
–पूर्णप्रसाद मिश्र
काठमाडौँ, जेठ  १८
।  तीन नं प्रदेश सरकारले उपत्यकाका तीन जिल्ला र ३० वटा प्रदेश निर्वाचन क्षेत्र जोडने गरी काठमाडौँ उपत्यका चक्रपथ निर्माणलाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाएको छ । ‘उपत्यका काठ चक्रपथ’को लम्बाइ १३५ किमि हुने प्रारम्भिक अध्ययनले देखाएको छ । यसैगरी केन्द्र सरकारले तीन जिल्ला जोडिने गरी ७२ किमि लामो बाहिरी चक्रपथ निर्माण अघि बढाएको छ । चालू आर्थिक वर्षमा ‘उपत्यका काठ चक्रपथ’ को विस्तृत परियोजना प्रस्ताव निर्माण गर्न रु एक करोड २० लाख छुट्याइएको छ । यो चक्रपथ शङ्खरापुर नगरपालिकाको कार्कीगाउँ–कागेश्वरी मनोहरा नगरपालिकाको अधिकारी गाउँ–सातघट्टे–कटुवा–पुँवारगाउँ–फुयाँलगाउँ–गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल–नयाँपाटी–पण्डितगाउँ–बालुवा–जगडोल–बूढानीलकण्ठ नगरपालिकाको चुनिखेल–चपली–बूढानीलकण्ठ–टोखा–झोर–काभ्रेस्थली–जीतपुर–पाँचमाने भञ्ज्याङ–मुड्खु भञ्ज्याङ–रानीवन–भीमढुङ्गा–रामकोट नर्सरी–पुलडोल हुँदै स्युचाटार निस्कनेछ । यसैगरी पुरानो नैकाप–दहचोक–थानकोट–मातातीर्थ–मच्छेगाउँ–कीर्तिपुर–बोसन–ललितपुरको खोकना–ललितघुम्ती–भक्तपुरको गुण्डु–सुडाल–तेलकोट भएर पुनःकाठमाडौँको पालुवारी–साँखु हुँदै कार्की गाउँमै जोडिने गरी अध्ययन गरिएको प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रारम्भिक अध्ययनअनुसार १३५ किमि काठ चक्रपथमध्ये शङ्खरापुर नगरपालिकाबाट कागेश्वरी मनोहरा नगरपालिका हुँदै गोकर्णेश्वर नगरपालिकासम्मको २५ किमिको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार भएको उक्त मन्त्रालयका इञ्जिनीयर पुण्यराम सुलुले राससलाई जानकारी दिनुभयो । बाँकी ११० किमि बाटोका लागि सम्भाव्यता अध्ययन भइरहेको पनि उहाँले बताउनुभयो । उपत्यकाका डाँडा छुने गरी काठ क्षेत्रलाई समेटेर चक्रपथ निर्माण गर्ने योजना विसं २०४९ मा जिल्ला विकास समितिले नै अघि सारेको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले बताउनुभयो । “विसं २०४९ मा पहिलो जिल्ला परिषद्ले यो योजना अघि सारेको थियो । तात्कालिन जिविस सभापति चित्रबहादुर केसी, उपसभापति नारायण ढकाल र म साविकको आलापोट गाविस अध्यक्ष हुँदा नै यो चक्रपथको प्रस्ताव गरेका थियौँ, परिषद्ले पारित गरेपनि विविध कारणले यसको काम अघि बढ्न सकेको थिएन, प्रदेश सरकारले हाल यसलाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाउन प्रस्ताव गरेअनुसार काम भइरहेको छ”, उहाँले भन्नुभयो । यो मार्गको निर्माणपछि उपत्यकाका डाँडामा रहेका पर्यटकीय क्षेत्रको समेत प्रचारप्रसार भई पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । पर्यटन व्यवसायी इन्द्र लामा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलगायत क्षेत्रमा केबलकार निर्माण गर्न पनि काठ चक्रपथको पूर्वाधारले सहयोग पुग्ने बताउनुभयो । काठ चक्रपथ निर्माणका लागि सडकको केन्द्रबिन्दुबाट दुवैतिर पाँच÷पाँच मिटर जग्गा लिइने गरी मापदण्ड तोकिएको छ । सरकारले जग्गाको मुआब्जा तिर्न नसक्ने भएकाले जग्गा दिन नचाहने धनीको ठाउँका सडक निर्माण रोकिनेछ । यस्तो अवस्थामा प्राविधिक रुपमा सम्भव भएसम्म अर्को स्थानबाट सडक लैजाने समेत तयारी गरिएको छ । काठ उपत्यका चक्रपथले राजधानीमै रहेरसमेत बत्तीमुनिको अँध्यारो बनेको डाँडाकाँडा क्षेत्रको विकासमा सहयोग पु¥याउने छ । यसले यहाँका जनताको जीवनस्तर उठाउन सहयोग गर्नेछ । डेढ दशक अघिदेखि नै चर्चामा रहेको बाहिरी चक्रपथ शुरु हुन नसकेका बेला काठ उपत्यका चक्रपथ शुरु गरेर ठूला योजना अलपत्र हुनसक्नेतर्फ कसैको ध्यान नगएको केही विश्लेषणको भनाइ छ । बूढानीलकण्ठ जगडोलवासी त्रिलोचन पौडेल भने केन्द्रीय सरकारले बाहिरी र प्रदेश सरकारले काठ उपत्यका चक्रपथलाई प्राथमिकताका साथ अघि बढाए राजधानीमा बढ्दै गएको जनसङ्ख्याको चापलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउनुभयो । बाहिरी चक्रपथ ७२ किमी लामोे हुने जनाइएको छ । यसअघि चीन सरकारको सहयोगमा निर्माण भएको २८ किमिको चक्रपथ बाहिर बस्ती बढेर शहर विकास भइसकेकाले बाहिरी र काठ उपत्यका चक्रपथ राजधानी शहरमा बसाइँसराई गर्नेहरूका लागि व्यवस्थापन गर्न दूरगामी सोच हुने प्रदेशसभा सदस्य फुयाँलको ठम्याइ थियो । हाल नगरपालिका घोषणा गरिसकिएको काठमाडौँ, भक्तपुर र ललितपुरका ग्रामीण भागका अधिकांश जग्गा खण्डीकरण भएर कतिपय ठाउँमा त धमाधम आवास निर्माण भइरहेको छ । देश सङ्घीयतामा गए पनि काठमाडौँ उपत्यकामै घरवास जोड्ने मानिसको चाहना अझै कम नभएको पाइन्छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video