राजनीति
Jun 01, 2019
बिपी विचार समाजको सातौँ महाधिवेशन शुरु
काठमाडौँ, जेठ १८ बिपी विचार राष्ट्रिय समाजको सातौँ महाधिवेशन काठमाडौँमा शुरु भएको छ । समाजका संस्थापक सभापति एवं नेपाली काङ्ग्रेसका नेता कुलबहादुर गुरूङले महाधिवेशनको उद्घाटन गर्नुहुँदै बिपीको राजनीतिक प्रस्तावलाई अस्वीकार गरेकै कारण राष्ट्रियता कमजोर भएको, प्रजातन्त्र सङ्कटमा पर्न लागेको बताउनुभयो । काङ्ग्रेसलाई बिपी विचारको मार्गमा हिँड्न प्रेरित गर्ने उद्देश्यले नै समाज स्थापना भएको उहाँले बताउनुभयो । पूर्वसभामुख एवं पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले देशको राजनीतिमा विदेशी हस्तक्षेप बढ्दै जाँदा राष्ट्रियता कमजोर भएको बताउनुहुँदै बिपी विचारलाई स्थानीय तहसम्म पु¥याइनुपर्नेमा जोड दिनुभयो । समाजका सहअध्यक्ष गोविन्दराज जोशीले बिपीले विचार र आदर्शलाई महत्व दिने गर्नुभएकामा अहिलेको नेतृत्व विचार चिन्तनलाई छोडेर सत्ताको राजनीति मात्र गरेका कारण प्रजातन्त्र कमजोर भएको बताउनुभयो । पार्टीलाई सिद्धान्त, आदर्श र मूल्यको राजनीतिमा प्रेरित गर्न बिपी विचारलाई जीवन्त बनाउनुपर्ने उहाँको भनाइ थियोे । पूर्वमन्त्री एवं काङ्ग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले पार्टीमा नीति, नारा र नेतृत्व खराब भएकाले कमजोर भएको उल्लेख गर्नुहुँदै बिपी विचार र चिन्तनबमोजिम पार्टीको नीति, नारा र नेतृत्व परिवर्तन गर्न समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । समाजका महासचिव विनयध्वज चन्दले प्रतिवेदन प्रस्तुत गर्दै पार्टीमा विचारको राजनीति मरेको, पार्टी व्यक्तिगत स्वार्थमा परिणत भएको बताउनुभयो । समाजका संस्थापक लोकेश ढकालले बिपी विचार र चिन्तनलाई संस्कार र जीवन पद्धति बनाउनुपर्नेमा जोड दिनुभयो । सभामा राजनीतिक विश्लेषक अरूणकुमार सुवेदीले काङ्ग्रेसको दिशा र दशा एवं बिपी विचारमाथि समीक्षा गर्नुभएको थियो । प्राडा वासुदेव खनालले बिपी विचारका बारेमा समाजको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष गीता रेग्मीले समाजको वार्षिक आयव्यय विवरणसहित लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आइतबारसम्म चल्ने सभामा ७७ जिल्लाका ३०० भन्दा बढी प्रतिनिधिको सहभागिता छ । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video