पुर्व राष्ट्रपतिद्धारा जिपी कोईराला फाउण्डेसन एसिया प्यासीफीक क्षेत्रीय संयोजक थापामगर सम्मानीत  |  ‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’  |  मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प
विचार/अन्तरवार्ता
Nov 30, 2014
बल्ल तात्यो एनआरएन अमेरिका

Shailesh Shrestha

"काम कुरो एकातिर कुम्लो बोकी थिमी तिर" भन्ने आहान चरितार्थ गरिरहेको एनआरएन अमेरिका बल्ल आफ्नो प्राथमिक काममा लाग्योl यो संस्थाले आफ्नो मुल्यवान छ महिना मेला-पात, भोज-भतेर, सम्मानपत्र-प्रमाणपत्र वितरण, अतिरन्जित आत्म तुष्टि, स्वघोषित सम्मान, जम्बो सल्लाहकार सभाको मनोनयन जस्ता प्रत्युत्पादक उच्चस्तरीय भेटघाट मै बितायोl
छोटो कार्यकालको लागि अमेरिकामा पहिलो पटक लोकतान्त्रिक चुनावी प्रक्रियाबाट चुनिएका वर्तमान कार्यसमितीले आफ्नो अल्पकालीन प्राथमिकता पहिचान गर्न सकेनl यो नितान्त छोटो कार्यकालमा गर्नु पर्ने र गर्न सकिने भनेको वर्तमान बिधानले निर्देशित गरेका दुई तिन वटा कामहरु मात्र हुनl जसमा पहिलो प्राथमिकता भनेको बृहद र व्यापकरुपमा सदस्यता वितरण गर्नु हो, त्यसपछि हिसाब किताबको चुस्त दुरुस्त सार्वजनिक पारदर्शिता अनि निर्वाचन प्रमुखको कार्यालयलाई चुनाब हुन दुई महिना अगाडी सम्पूर्ण सदस्यहरुको नामावली हस्तान्तरणl
यो हप्ता एनआरएन एनसीसी अमेरिकाले प्रेषित गरेको प्रेस बिज्ञप्तिमा यि यक्ष प्रश्न र सरोकारहरुलाई बुँदागत सम्बोधन गरिएको छl संस्थाको वेबसाईट एनआरएन एनसीसी युयसए डट ओर्गमा गएपछि थुप्रै विवरण र फेहरिस्त पाउन सकिन्छl बिगत देखि अस्तव्यस्त सोंच र शैलीमा चलेको यो संगठनले गरेको यो पछिल्लो काम प्रसंशायोग्य छl
हामीले बिगतका पाँच छ महिना उनीहरुलाई प्रसस्त आरोप र गाली बोलेका र लेखेका छौं र कति हदसम्म उनीहरुले अन्तरमनबाट स्वीकार गर्दै सिक्ने मनसाय राखेका छन, त्यस्तो उदारताको हामी सम्मान गर्छौं अब गरुङ्गो जिम्मेवारीको भकुण्डो हामी आम प्रवासी नेपाली अथवा स्वामित्व ग्रहण गरेका सदस्यहरुमा आईपुगेको छ, त्यो भनेको स्वस्फुर्तरुपमा नयाँ सदस्यता अथवा सदस्यता नवीकरणका लागि समुदायलाई अभिप्रेरित गर्नु होl त्यस्तो जिम्मेवारी स्वभाबत हामी संचारकर्मीहरुमा बढी मात्रामा आउने गर्दछ र त्यो हामीले बोध पनि गर्नु पर्दछl सधै झैँ टेलिभिजन कार्यक्रम सम्प्रेषण त्यस्तो जिम्मेवारी बोध गर्दै हातेमालो गर्न सर्वथा तयार रहेको जानकारी पनि गराउन चाहन्छुl
एनआरएन अमेरिकाले प्रेस बिज्ञप्ति मार्फत प्रकाशित गरेको कार्यतालिका यस्तो छ:
~ सदस्यता लिने या भर्ने म्याद: जनवरी ३१, २०१५
~ सदस्यता भेरिफिकेशन: फेब्रुअरी १५ देखि मार्च १५, २०१५ सम्म
~ निर्वाचन आयुक्तलाई अन्तिम नामावली बुझाउने म्याद: मार्च १६, २०१५
~ आगामी निर्वाचन मे २४, २०१५ अगाडी नै सम्पन्न गर्ने गरी निर्वाचन आयुक्तबाट निर्वाचनको घोषणा हुनेl
साधारणतय चुनाब आएपछि तात्ने हाम्रो नेपाली बानी छ, हिजोबाट त्यस्ता संकेत र दृश्यहरु फेसबुक र अन्य सामाजिक संजालमा पोखिन र देखिन थालेको छl पदका दावेदार आकांक्षीहरु मात्र होइन हामी आम मानिस पनि चुनाब आउन अघिसम्म सदस्य बन्ने चासो र रुचि राख्दैनौंl
के संस्थाको सदस्य बन्नु भनेको चुनाबमा उठ्नु, जित्नु या जिताउनु मात्र हो?
हामी किन संस्थामा आफ्नो स्वामित्व लिन चुनाबसम्म पर्खन्छौँ?
हामी सबै यो सवालमा चुकेका छौं, आउनुस एनआरएन अमेरिकालाई राजनीतिमुक्त स्वाधीन, स्वायत्त, स्वतन्त्र र सबैको साँझा संगठन बनाऔंl
जय एनआरएन!


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video