नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, के के छ बक्तव्यमा ?  |  काँग्रेस संसद निवासबाटै पक्राउ  |  उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ  |  सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के  |  चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ  |  ‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’  |  चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग  |  आज मिति २०७६ असोज २६ गते आइतबार कोजाग्रत पुर्णिमा, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  राष्ट्रपति विद्या भण्डारीले आज गरेकाे सम्बोधनको पूर्ण विवरण  |  ‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’
राजनीति
Jun 04, 2019
संविधान संशोधनका लागि निर्देशन होस् ः राजपा
काठमाडौँ, जेठ २१ राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधनका लागि सभामुखबाट निर्देशन(रुलिङ) का लागि माग गरेको छ । सभामुखबाट प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फबाट धारणा राख्न समय प्रदान गरिएको थियो । सभामुखबाट समय लिएपछि सांसद साहले संविधान संशोधन अपरिहार्य भएको हुँदा सभामुखबाट यसका लागि ‘रुलिङ’ होस् भन्नुभयो । उहाँले संविधान संशोधन गर्न माग गर्दै भएको आन्दोलनमा १२५ जनाको सहादत हुँदा पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ भन्ने भनाइ आइरहँदा तराई मधेशका जनता अचम्ममा परेको भएको बताउनुभयो । सांसद भन्नुभयो, “संविधान संशोधनको विषय बारम्बार उठिरहेको छ, प्रधानमन्त्रीबाट पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुने प्रतिबद्धता हँुदै आएको छ । मधेशी समुदायका १२५ जना सहादत हुँदा पनि आवश्यकता र औचित्य नदेखिनु अचम्मको विषय बनेको छ, यतिका दिनसम्म किन संविधान संशोधन हुन सकेन ।” “संविधान बनाउनेबाट नै संविधान उल्लङ्घन भइरहेको छ, लोकसेवा आयोगले संविधान र कानूनको उल्लङ्घन गरेर स्थानीय तहका लागि ठूलो सङ्ख्यामा पदपूर्तिको विज्ञापन गरेको छ, त्यसलाई सच्याइनुपर्छ, बजेटको प्रकृति हेर्दा पनि सङ्घीयता विपरीत ढङ्गबाट आएको छ”, उहाँले भन्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video