शिक्षा /स्वास्थ्य
Jun 04, 2019
ठाकुरबाबा नगरपालिकामा स्थानीय पाठ्यक्रम
राजापुर,जेठ २१ बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगरका सामुदायिक विद्यालयमा लागु गर्ने गरी स्थानीय पाठ्यक्रम तयार पारेको छ । नगरपालिकाले ‘हाम्रो ठाकुरबाबा’ नाम गरेको स्थानीय पाठ्यक्रम यस शैक्षिक सत्रदेखि लागु गरेको हो । कक्षा १ देखि ५ सम्मका बालबालिकाका लागि तयार पारिएका पाठ्यक्रम नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय लागू गरिएको छ । स्थानीय पाठ्यक्रम गत वैशाख २५ को नगर कार्यपालिकाबाट स्वीकृत तथा वैशाख २९ को चौथो नगरसभाबाट अनुमोदन भई लागू गरिएको हो । नगरपालिकाको भौगोलिक, ऐतिहासिक र आर्थिक अवस्थाको ज्ञान र सीप हासिल गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ । नेपाल सरकारको नियमानुसार आधारभूत तहसम्म स्थानीय विषयवस्तु समेटेर सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार पारी लागू गर्न सकिने व्यवस्था छ । पाठ्यक्रमबाट बालबालिकामा नगरपालिकाभित्रका सामाजिक, भौगोलिक, सांस्कृतिक पहिचान र सम्मान भावको विकास गर्ने तथा यस क्षेत्रका ऐतिहासिक र प्राकृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र विकासमा सहभागिता, स्वास्थ्य, प्रकृतिक विपत्तिप्रति सचेत रहने क्षमताको विकास गर्ने उद्देश्य लिइएको छ । पाठ्यक्रममा जैविक विविधता संरक्षण र सांस्कृतिक पहिचानलाई विशेष जोड दिइएको छ । पाठ्यक्रममा हुनुपर्ने सम्पूर्ण कुरा समावेश गरी सामग्री तयार गरिएको नगरपालिकाका विद्यालय निरीक्षक रामहरि रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “ सम्पूर्ण शिक्षकका लागि अभिमुखीकरण कक्षा सञ्चालन गरी पाठ्यक्रम लागु गरिएको छ । यो सम्भवतः प्रदेश नं ५ कै पहिलो स्थानीय पाठ्यक्रम हो ।” चालु शैक्षिक सत्रमा १ देखि ५ कक्षासम्म स्थानीय पाठ्यक्रम लागु गरिएको बताउँदै नगरपालिकाका उपमेयर कृष्णाकुस्मा थारुले यस वर्ष कक्षा ५ सम्म पाठ्यक्रम लागु गरिए पनि आगामी शैक्षिक सत्रमा १ देखि ८ कक्षासम्म लागु गरिने जानकारी दिनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video