महराद्वारा उच्च अदालतमा निवेदन दर्ता  |  अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रम  |  आज मिति २०७६ मंसिर ६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन  |  दोस्रो आन्तरिक पर्यटन मेला (डीटीएम २०२०) आउँदो फाल्गुन ९ र १० गते भृकुटीमण्डपमा हुँदै  |  कूटनीतिक नियोगका प्रतिनिधिलाई उपनिर्वाचनको अवलोकन गर्न आह्वान  |  नेप्से ओरालै लयमा  |  श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट  |  राइड थ्रु सिन्धुलीगढीको तयारी पूरा, २०४ जना सहभागी हुने, पर्यटनमन्त्रीले उद्घाटन गर्ने  |  ‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी
पर्यटन /बिबिध समाचार
Jun 04, 2019
राष्ट्रिय पुरुष भलिबलमा आर्मी र गण्डकी प्रदेश विजयी
काठमाडौँ, जेठ २१ नेपाली सेनाको आयोजनामा भएको चौथो प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले लगातार तेस्रो जित निकालेका छन् । लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा भएको खेलमा आर्मीले प्रदेश नं २ लाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने गण्डकी प्रदेशले पनि कर्णाली प्रदेशलाई समान ३–० कै सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो । यसअघि भएको पहिलो खेलमा आर्मीले सुदूरपश्चिमलाई पराजित गरेको थियो भने दोस्रो खेलमा प्रदेश नं १ लाई पराजित गरेको थियो । त्यस्तै गण्डकी प्रदेशले पहिलो खेलमा प्रदेश नं ५ लाई हराएको थियो भने दोस्रो खेलमा प्रदेश नं ३ लाई पराजित गरेको थियो । आर्मीले प्रदेश नं २ लाई पहिलो सेट २५–१५, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१३ ले पराजित ग¥यो । त्यसैगरी गण्डकी प्रदेशलले कर्णाली प्रदेशलाई २५–२१, २७–२५ र २५–१४ को सेटमा पाखा लगाएको थियो । जितसँगै समान तीन–तीन खेल खेलेको दुवै टोलीले समान नौ अङ्क जोडेका छन् । समूह ‘क’ मा रहेको विभागीय टोली आर्मी अङ्क तालीकाको शीर्षस्थानमा छ । त्यस्तै दुई खेल खेलेको प्रदेश नं २ अङ्कविहीन छ । त्यसैगरी समूह ‘ख’ मा रहेको गण्डकी प्रदेश शीर्षस्थानमा रहेको छ भने दुई खेल खेलेको कर्णाली प्रदेश दुवै खेलमा पराजित भएको छ ।प्रतियोगिताको विजेता टोलीले रु तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार पाउनेछन् भने तेस्रो हुने टोलीले रु ७५ हजार प्राप्त गर्नेछन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video