नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय  |  विप्वल समूहका इञ्चार्ज पक्राउ  |  भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि
पर्यटन /बिबिध समाचार
Jun 05, 2019
राष्ट्रिय पुरुष भलिबल ः पुलिस सेमिफाइनलमा
काठमाडौँ, जेठ २२ प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । लगनखेलस्थित सैनिक शारीरिक ताीलम तथा खेलकूद केन्द्रमा आज भएको खेलमा समूह ‘ख’मा रहेको पुलिसले सोही समूहको गण्डकी प्रदेशलाई ३–० सेटमा पराजित गरेको हो । पुलिस आफ्नो एक खेल अघि नै सेमिफाइनल पुगेको छ । पुलिसले गण्डकीलाई २५–२१, २५–१५ र २५–१६ अङ्कले हराएको हो । गण्डकीले पनि चार खेलबाट नौ अङ्क जोड्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । आजै सम्पन्न अर्को खेलमा एपिएफ क्लबले आर्मी क्लबलाई ३–१ सेटमा पराजित ग¥यो । एपिएफले आर्मीलाई २५–१४, २५–२१, २०–२५ र २५–२० अङ्कले हराएको हो । समूह ‘क’बाट एपिएफ तीन खेलबाट नौ अङ्क जोड्दै सेमिफाइलनमा प्रवेश गरेको छ । नेपाली सेनाले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लबसहित सात प्रदेशका टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । ‘लिग कम नकआउट’का आधारमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताको विजेताले रु तीन लाख तथा उप–विजेताले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । तेस्रो हुने टोलीले रु ७५ हजार प्राप्त गर्नेछ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video