राजनीति
Jun 05, 2019
नेकपा ः बिहीबार जिल्ला इञ्चार्ज र सहइञ्चार्ज टुङ्ग्याउँदै
काठमाडौँ, जेठ २२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल गर्दै बिहीबार टुङ्गो लगाउने भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले केन्द्रीय सदस्यको कार्यविभाजनबारे पार्टीमा नमिलेको कुरा केही नभएको र छलफल सकारात्मक दिशातिर बढेकाले अब टुङ्गिन मात्र बाँकी रहेको बताउनुभयो । “बैठकमा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा राम्रो छलफल भयो”, उहाँले भन्नुभयो, “इञ्चार्ज र सहइञ्चार्ज बनाउने विषयको नीतिका बारेमा सबै पक्षबाट गम्भीरतापूर्वक छलफल भई सकारात्मक तरिकाले टुङ्ग्याउने दिशातिर अघि बढेको छ । भोलि (बिहीबार) बिहान ९ बजे सचिवालयको बैठक बसेर जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयलाई टुङ्ग्याउने छौँ ।” उहाँले आजै नै जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाउने गरी बैठक बसे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताले नसकिएको जानकारी गराउनुभयो । “पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्को विशेष कारणले गर्दा ठोसरुपमा इञ्चार्ज र सहइञ्चार्ज टुङ्ग्याउने प्रक्रियामा प्रवेश गर्दा गर्दै पनि समयले साथ दिएन”, उहाँले भन्नुभयो । उहाँले भोलि बस्ने बैठकले जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाएपछि समय बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्यविभाजनका विषयमा समेत प्रवेश गर्ने जानकारी गराउनुभयो । नेकपाको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि जारी रहेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video