महराद्वारा उच्च अदालतमा निवेदन दर्ता  |  अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रम  |  आज मिति २०७६ मंसिर ६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन  |  दोस्रो आन्तरिक पर्यटन मेला (डीटीएम २०२०) आउँदो फाल्गुन ९ र १० गते भृकुटीमण्डपमा हुँदै  |  कूटनीतिक नियोगका प्रतिनिधिलाई उपनिर्वाचनको अवलोकन गर्न आह्वान  |  नेप्से ओरालै लयमा  |  श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट  |  राइड थ्रु सिन्धुलीगढीको तयारी पूरा, २०४ जना सहभागी हुने, पर्यटनमन्त्रीले उद्घाटन गर्ने  |  ‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी
पर्यटन /बिबिध समाचार
Jun 06, 2019
नुवाकोट गोल्ड कपः नुवाकोट–११ विजयी
विदुर,जेठ  २३आजदेखि शुरु भएको ‘दोस्रो नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिता’मा घरेलु टोली नुवाकोट–११ विजयी भएको छ । बट्टार बहुमुखी क्याम्पसको मैदानमा भएको उक्त खेलमा नुवाकोट–११ ले काठमाडौँको दिपशिखा युवा समूहलाई ५–० गोलले पराजित गरेको हो । नुवाकोट–११ का लागि विश्वास श्रेष्ठले ह्याट्रिक गरेका थिए । उनले खेलको १०औँ र ३४औँ मिनेट तथा मध्यान्तरपछि गोल गरेका थिए । यस्तै नुवाकोट–११ का लागि ३८औँ मिनेटमा प्याट्रिक तथा मध्यान्तरपछि दिनेश राजवंशीले गोल गरेका थिए । नुवाकोट–११ का विश्वास श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले रु १० पुरस्कार प्राप्त गरे । जिल्ला खेलकूद विकास समिति नुवाकोट र नुवाकोट फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा नुवाकोट–११ सहित विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाएका छन् । यस्तै मनाङ, सङ्कटा, च्यासल युथ क्लब, चितवन–११, विजय युथ हेटौँडा र काठमाडौँको दिपशिखा युवा समूह सहभागी छन् । प्रतियोगिताको विजेताले रु छ लाख तथा उप–विजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता यही जेठ ३१ गतेसम्म सञ्चालन हुने जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video