सेना/ प्रहरी/ शशस्त्र समाचार
Jun 06, 2019
नुवाकोटको दुप्चेश्वरमा प्रहरी चौकी निर्माण
विदुर, जेठ  २३ नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित समुन्द्रटारमा सुविधासम्पन्न प्रहरी भवन निर्माण गरिएको छ । सो भवनको बुधबार प्रदेश नं ३ प्रहरी कार्यालय हेटाँैडाका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले उद्घाटन गर्नुभयो । विसं २०७२ वैशाख १२ को भूकम्पका कारण अस्थायी त्रिपाल र कटेजमा बस्दै आइरहेका प्रहरीले अहिले तीनतले नयाँ भवनमा बस्न पाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको रु ८९ लाख ७७ हजारको बजेटबाट सो भवनको निर्माण गरिएको हो । प्रहरी नायब महानिरीक्षक थापाले भन्नुभयो, “त्रिपाल, टहरा र कटेजमा बसी नागरिकको सेवा र सुरक्षामा दिनरात खटिएका नेपाल प्रहरीले अब आफ्नै नयाँ भवनमा बसेर सेवा दिनेछन् । नागरिकका समस्यालाई अझ बढी हल गर्ने, सेवा प्रदान गर्नेलगायतका कुरामा प्रहरीले मनन् गर्नु आवश्यक छ ।” त्यस्तै कार्यक्रममा प्रहरी प्रमुख नुवाकोटका कृष्ण पल्लीमगरले १० जनाको दरबन्दी रहेको प्रहरी चौकी समुन्द्रटारमा अहिले पाँच मात्रै कार्यरत रहेकाले र छिट्टै थप जनशक्ति व्यवस्थापन गरिने बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video