पर्यटन /बिबिध समाचार
Jun 06, 2019
ठमेल पर्यटन विकास परिषद्मा तीनको उम्मेद्वारी
काठमाडौँ, जेठ  २३ ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उक्त परिषद्को यही जेठ २५ गते हुनलागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेद्वारी दर्ता गरेको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो । यस्तै तीन उपाध्यक्ष पदका लागि राजुमान डङ्गोल, भवीश्वर शर्मा, गीता गुरुङ, महेश महर्जन, टासी गुरुङ, पाल्साङ गुरुङ, रत्नप्रसाद दुलाल, गोविन्दप्रसाद पन्थ र सुनिता श्रेष्ठको उम्मेद्वारी परेको छ । महासचिव पदका लागि धु्रव अधिकारी, सहदेव धमला र नारायण खनालको उम्मेद्वारी दर्ता भएको छ । सचिव पदका लागि दवाङ तामाङ, बद्रीप्रसाद तिमल्सिना र रामचन्द्र गिरी तथा कोषाध्यक्ष पदका लागि रामकुमार थपलिया, पुण्यराम लागेजु र रामशरण ढकालको उम्मेद्वारी परेको छ । सदस्य आठ पदका लागि भने १८ को उम्मेद्वारी परेको पूर्वअध्यक्ष थपलियाले बताउनुभयो । शनिबार हुने निर्वाचनमा ८१२ ले मताधिकार प्रयोग गर्ने परिषद्ले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video