नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, के के छ बक्तव्यमा ?  |  काँग्रेस संसद निवासबाटै पक्राउ  |  उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ  |  सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के  |  चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ  |  ‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’  |  चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग  |  आज मिति २०७६ असोज २६ गते आइतबार कोजाग्रत पुर्णिमा, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  राष्ट्रपति विद्या भण्डारीले आज गरेकाे सम्बोधनको पूर्ण विवरण  |  ‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’
राजनीति
Jun 07, 2019
काम गर्दैछौं, नतिजा आउँदैछ : मन्त्री बाँस्कोटा
दाङ,  जेठ २४ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकास निर्माणको काम जारी रहेकाले अझै नकारात्मक टिप्पणी गर्ने अवस्था नआएको बताउनुभएको छ । दाङ तुलसीपुरमा जारी दुई दिने खानेपानी संस्था तथा समितिको व्यवस्थापन, खानेपानी आयोजना सञ्चालन व्यवस्थापन तथा सुरक्षा योजना सम्बन्धी अन्तक्र्रियामा मन्त्री बाँस्कोटाले भन्नुभयो, “भर्खरै विकास निर्माणका काम शुरु भएका छन्, अहिले नै नकारात्मक टिप्पणी गर्नेबेला भएको छैन् ।” उहाँले सरकारले गरेका कार्यको नतिजा पाँच वर्षभित्र आउने विश्वास दिलाउँदै भन्नुभयो, “तपाईहरु धैर्य गर्नुस्, पाँच वर्षभित्र सरकारले गरेका कामको नतिजा आउँछ ।” उहाँले मुलकमा अब राजनीतिक लडाइँ सकिएको र गरीबी अन्त्यको लडाइँ शुरु भएको समेत बताउनुभयो । मन्त्री बाँस्कोटाले विकास निर्माणका काम अघि बढिरहेको भन्दै केही समय धैर्य राख्न आग्रह गर्नुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले सन् २०२२ सम्म सबै नागरिकको घरमा पिउने पानी पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, सन् २०३० सम्ममा प्रशोधित स्वच्छ पिउने पानी पु¥याउने लक्ष्य रहेको समेत उहाँले बताउनुभयो । मन्त्री बाँस्कोटाले नेपाल जलस्रोतको दोस्रो धनी देश भएकाले स्रोतको समस्या नभएको तर आर्थिक, इच्छाशक्ति र काम गर्दा खुट्टा तान्ने प्रवृत्तिले यस्तो समस्या निम्तिएको समेत बताउनुभयो । उहाँले उपभोक्ता समितिका पदाधिकारी मन लागेमा १७ वर्षसम्म पनि एउटै पदमा बसिराख्ने गरेको भन्दै यो बिल्कुल गलत भएकाले आफू र आफ्नो समाज परिवर्तनमा लाग्नुपर्नेमा जोड दिनुभयो । “मन लागेमा १७ वर्षसम्म पनि एउटै पदमा बस्ने तर योजना पूरा नगर्ने रु”, उहाँले भन्नुभयो, “यसले सबै मानिसलाई खानेपानीको पहुँचमा ल्याउने ठूलो समस्या पारेको छ ।” –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video