राजनीति
Jun 08, 2019
कम्युनिष्ट कार्यकर्ताले आचरण सुधार गर्नु पर्छ ः नेता खनाल
खोटाङ,  जेठ  २५ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीका कार्यकर्ताले आफ्नो आचरण सुधार गर्नुपर्ने बताउनुभएको छ । पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटपछि पूर्वप्रधानमन्त्री खनालले एकता प्रक्रिया जारी रहेकाले सबै इमान्दार भएर पार्टीको काममा लाग्नुपर्ने बताउनुभयो । उहाँले सिद्धान्त, क्रान्ति, पार्टी, जनता र आफैप्रति विश्वास गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । पूर्वप्रधानमन्त्री खनाललाई आजै जिल्ला समन्वय समिति र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वागत गरेको थियो । उहाँले खोटाङको पार्टी कार्यालय पुष्पलाल स्मृति भवनको अवलोकनसमेत गर्नुभयो । वरिष्ठ नेता खनाल राजनीतिक भेटघाट तथा जिल्लाको पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणका लागि यहाँ आउनुभएको हो । उहाँले हिन्दू, बौद्ध तथा किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीको अवलोकन भ्रमण गर्नुभएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video