बास्केटबलमा नेपालाई कास्य  |  आयातित तरकारी निरुत्साहित गर्दै रामपुर नगरपालिका  |  ‘मानवाधिकार संरक्षण तथा प्रवद्र्धनको प्राथमिक जिम्मेवारी सरकारको’  |  अब काठमाडौँमा माग्न नपाइने  |  १३ औं दक्षिण एसियाली खेल साग समापन हुंदै, यस अघि भएका १२ वटा साग खेलमा कुन देशले कति पदक जितेका थिए ? (तालीका सहित)  |  बिश्व मानबाधिकार दिवस मनाइरहँदा बुझ्नपर्ने कुरा  |  ‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’  |  १३ औं सागको आज अन्तीम दिन कुन कुन खेल हुंदैछ ? (तालीका सहित)  |  तेह्रौँ साग : ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै  |  नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक
अर्थतन्त्र/सेयरबजार
Jun 08, 2019
साताको शेयर बजार ः दुई अर्ब ७५ करोडको कारोवार
काठमाडौँ, जेठ  २५ धितोपत्र बजारमा यस साता रु दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ८३ लाख ६६ हजार २५५ कित्ता शेयर कारोवार भए । कारोवार मापक नेप्से परिसूचक २१ विन्दुले घटेको छ । साताको पहिलो दिन एक हजार ३०५.६८ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन एक हजार २८४.५९ बिन्दुमा झरेर बन्द भयो । साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । सो दिन नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अङ्कमा झ¥यो । स्टकका अनुसार सो दिन कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर रु ७५ करोड ३२ लाख ५७ हजार २०९ मूल्यमा खरीद बिक्री भए । यस्तै दोस्रो दिन, कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झ¥यो ।एक हजार तीन सय बिन्दु माथि पुगेको बजार घटेर एक हजार दुई सयको बिन्दुमा झ¥यो । सो दिन कूल १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता शेयर रु ६९ करोड ८७ लाख ३९ हजार ७०६ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको तेस्रो दिन पनि कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अङ्कमा पुग्यो । स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर रु ७१ करोड ५४ लाख ७८ हजार ६१२ मूल्यमा खरीद बिक्री भए । बुधबार भने सार्वजनिक बिदा परेका कारण शेयर बजार पनि बन्द रह्यो । बिहीबार पनि कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । सो दिन नेप्से परिसूचक ४.६९ बिन्दुले घटेर एक हजार २८४.५९ अङ्कमा झ¥यो । सो दिन कूल १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर रु ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरीद बिक्री भए । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video