मनाेरञ्जन/रोचक
Jun 09, 2019
कलाकार सङ्घमा खड्का
काठमाण्डौं । जेष्ठ २६ नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय हुनुभएको छ । शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी हुनुभएको छ । कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । सङ्घको १७आँै साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video