पर्यटन /बिबिध समाचार
Jun 09, 2019
ठमेल पर्यटन परिषदमा बाम गठबन्धनको आधिकारीक उम्मेद्धवार पराजीत, अध्यक्षमा राणा सहित बहुमत सदस्य बिजयी
रबिन थपलिया । काठमाण्डौं । जेष्ठ २६ । ठमेल पर्यटन परिषदको अध्क्षमा प्रकाश नरसिंह राणा बिजयी भएका छन् । राणा नेतृत्वको प्यानलबाट सचिब,कोषाध्यक्ष र सदस्य बाहेक बहुमत पदाधीकारी र सदस्यमा राणा नेतृत्वको प्यानलले जित हाँसील गरेको छ । 
को को भए बिजयी ? 
१ अध्यक्ष : प्रकाश नरसिंह राणा
२ उपाध्यक्ष : राजुमान डंगोल
३ उपाध्यक्ष : भविश्वर शर्मा
४ उपाध्यक्ष : गीता गुरुङ
५ महासचिव : ध्रुव अधिकारी
६ सचिव : बद्रि प्रसाद तिमिल्सिना 
७ कोषाध्यक्ष : पुण्यराम लगेजु 
८ सदस्य : दिनेश श्रेष्ठ 
९ सदस्य : राजेन्द्र दुलाल
१० सदस्य : केशव बस्नेत
११ सदस्य : सुरेन्द्र श्रेष्ठ (राजन)
१२ सदस्य : कर्मा घले 
१३ सदस्य : स्वप्नील शर्मा
१४ सदस्य : रुपेश गुरुङ
१५ सदस्य : नरेन्द्र ब श्रेष्ठ

परिषदको नयाँ नेतृत्वको लागि हिजो मतदान भएको थियो । परिषदको निर्वाचनमा नेतृत्वका लागि बर्तमान कार्यसमिति सदस्य अर्जुनलाल प्रधान, बर्तमान उपाध्यक्ष प्रकाशनरसिंह राणा र बर्तमान अध्यक्ष समिर गुरुङले मनोनयन दर्ता गरेका छन । अध्यक्षका प्रत्यासी प्रधान समुहबाट सचिबमा बद्री प्र तिमिल्सीना, कोषाध्यक्षमा पुण्डयराम लगेजु र सदस्यमा नरेन्द्र बहादुर श्रेष्ठ बिजयी भएका छन् भने अर्का अध्यक्षका प्रत्यासी समिर गुरुङ सहित प्यानलबाट सवै पराजीत भएका छन् ।  
अध्यक्षका प्रत्यासी अर्जुनलाल प्रधान समुहलाई बिजयी गराउन तत्कालिन एमाले र माओवादी निकट व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र पर्यटन व्यवसायी संगठनले हिजो आफना सदस्यहरुलाई र्सकुलर जारी गरेको थियो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video