नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, के के छ बक्तव्यमा ?  |  काँग्रेस संसद निवासबाटै पक्राउ  |  उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ  |  सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के  |  चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ  |  ‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’  |  चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग  |  आज मिति २०७६ असोज २६ गते आइतबार कोजाग्रत पुर्णिमा, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  राष्ट्रपति विद्या भण्डारीले आज गरेकाे सम्बोधनको पूर्ण विवरण  |  ‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’
राजनीति
Jun 09, 2019
पार्टीको राष्ट्रिय जागरण अभियान सफल ः डा महत
पोखरा, जेठ  २६ नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब दोस्रो र तेस्रो चरणको कार्यक्रमअन्तर्गत प्रदेशको निर्वाचन क्षेत्र र नगर एवं गाउँलाई केन्द्रविन्दु बनाएर अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । नेता महतले यस जागरणको माध्यमबाट पार्टीको आदर्श, सिद्धान्त र उपलब्धिको विषयमा जनतालाई सुसूचित गराउँदै पार्टीलाई सशक्त र बलियो बनाउने उद्देश्य रहेको स्पष्ट पार्नुभयो । नेपाली काङ्ग्रेसलाई एकताबद्ध हुनुपर्ने र व्यक्तिवादी चरित्रलाई हतोत्साहित गरी सङ्गठनलाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै उहाँले वाइड बडीलगायतका भ्रष्टाचारका काण्डमा संवैधानिक निकायबाट सुक्ष्म ढङ्गले छानबिन हुनुपर्नेमा जोड दिनुभयो । पत्रकारद्वारा सोधिएको जिज्ञासामा उहाँले दुई अङ्कको वार्षिक वृद्धि दरमा पुग्नका लागि विदेशी र स्वदेशीको लगानीमा वृद्धि हुनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा त्यसो नभई वैदेशिक लगानी घटेकाले सो लक्ष्य पूरा गर्न सरकारलाई कठिनाइ हुने सम्भावना रहेको बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video