बास्केटबलमा नेपालाई कास्य  |  आयातित तरकारी निरुत्साहित गर्दै रामपुर नगरपालिका  |  ‘मानवाधिकार संरक्षण तथा प्रवद्र्धनको प्राथमिक जिम्मेवारी सरकारको’  |  अब काठमाडौँमा माग्न नपाइने  |  १३ औं दक्षिण एसियाली खेल साग समापन हुंदै, यस अघि भएका १२ वटा साग खेलमा कुन देशले कति पदक जितेका थिए ? (तालीका सहित)  |  बिश्व मानबाधिकार दिवस मनाइरहँदा बुझ्नपर्ने कुरा  |  ‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’  |  १३ औं सागको आज अन्तीम दिन कुन कुन खेल हुंदैछ ? (तालीका सहित)  |  तेह्रौँ साग : ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै  |  नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक
समाज
Jun 10, 2019
दुई हात गुमाएकी मेघालाई उपचारका लागि अमेरिका लैजाने
काठमाडौँ, २७ जेठ  : नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ । संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष रिमा कटुवालले घिमिरेको उपचारका साथै जनावर उद्धार, विद्याआश्रम र बाजुराको विद्यालयलाई फाउण्डेशनले सहयोग गर्न लागेको जानकारी दिनुभयो । आफ्ना स्व बुबा नारायण केसी र स्व बहिनी रिना केसीको सम्झनामा स्थापना गरेको उक्त फाउण्डेशनले हरेक व्यक्तिको सुख र दुःखमा काम गर्ने अध्यक्ष कटुवालले बताउनुभयो । “घिमिरेलाई अमेरिका लगेर उपचार गराउन आवश्यक प्रक्रिया पूरा भइसकेको छ”, उहाँले भन्नुभयो । कार्यक्रममा अध्यक्ष कटुवालले जनावर उद्धार संस्थालाई एक हजार डलर सहयोग हस्तान्तरण गर्नुभएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video