पर्यटन /बिबिध समाचार
Jun 12, 2019
मेयरकप भलिबलको उपाधि आर्मीलाई
दुल्लु, जेठ २९ दैलेख सदरमुकाममा सम्पन्न प्रथम मेयरकप भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा नारायण नगरपालिकालाई हराउँदै सेनाको इन्द्रदल गुल्म ‘ए’ले उपाधि जितेको हो । नारायण नगरपालिकाद्वारा आयोजित उक्त प्रतियोगितामा इन्द्रदल गुल्म ‘ए’ले नारायण नगरपालिकालाई ३–२ सेटमा हराएको हो । विजेताले रु ५० हजार तथा उप–विजेता नारायण नगरपालिकाले रु ३० हजार पुरस्कार प्राप्त ग¥यो । सो प्रतियोगितामा नेपाली सेनाको इन्द्रदल गुल्म ‘बी’ टोली तेस्रो भयो । उसले रु २० हजार पुरस्कार प्राप्त ग¥यो । विजयी टोलीलाई नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले पुरस्कार वितरण गर्नुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video