पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
प्रमुख समाचार
Jun 12, 2019
हवाईसेवा पुनः सञ्चालन
धावनमार्गको मर्मत सम्भारपछि धनगढी विमानस्थालमा आजबाट जहाजको उडान र अवतरण पुनः शुरु भएको छ । धावनमार्गको स्तरोन्नति र पार्किङक्षेत्र विस्तारको कामको लागि गएको वैशाख २२ गतेबाट यो विमानस्थलमा जहाजको उडान र अवतरण बन्द गरिएको थियो ।

    विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले विमानस्थलको एक हजार ८०० मिटर धावनमार्गमध्ये नौ सय मिटर धावनमार्ग स्तरोन्नतिको काम पूरा भएको बताउनुभयो । बाँकी नौ सय मिटर धावनमार्गको स्तरोन्नतिको काम असार १ गतेदेखि रातिको समयमा गर्ने तयारी गरिएको छ ।

     “जेठ २९ देखि ३२ गतेसम्म बिहानदेखि बेलुकासम्म जहाजको उडान र अवतरण गर्न दिइने छ”, बुढथापाले भन्नुभयो, “असार १ गतेबाट भने बिहान ८ः३० देखि बेलुका ४ बजेसम्म उडान र अवतरण गर्न दिई रातिको समयमा मर्मत सम्भारको काम जारी रहने छ ।” विमानस्थलमा पार्किङ क्षेत्रको विस्तार एवं स्तरोन्नतिको काम पनि थालिएको छ ।

    पार्किङ क्षेत्रमा दुई वटा जहाज एकैसाथ अड्याउने व्यवस्था रहेकोमा एकैसाथ चार वटा पार्किङ गर्न सकिने गरी विस्तारकार्य थालिएको हो । लामो धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो धनगढी विमानस्थल हो ।
 
    सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ— धनगढी—काठमाडौँसम्मको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थल हो ।

  झण्डै रु १८ करोडको लागतमा विमानस्थलको धावनमार्ग र पार्किङक्षेत्र निर्माण एवं स्तरोन्नति गर्न विभिन्न तीन निर्माण कम्पनीसँग निर्माणको सम्झौता भएको थियो । यो विमानस्थलबाट हप्तामा तीन दिन नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँ—धनगढी—काठमाडौँसम्मको हवाईसेवा उपलब्ध गराइरहेको छ ।

यस्तै निजी क्षेत्रको बुद्ध र श्री एअरलायन्सले काठमाडौँ—धनगढी—काठमाडौँका लागि दैनिक चार उडान गर्दै आएका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video