नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, के के छ बक्तव्यमा ?  |  काँग्रेस संसद निवासबाटै पक्राउ  |  उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ  |  सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के  |  चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ  |  ‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’  |  चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग  |  आज मिति २०७६ असोज २६ गते आइतबार कोजाग्रत पुर्णिमा, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  राष्ट्रपति विद्या भण्डारीले आज गरेकाे सम्बोधनको पूर्ण विवरण  |  ‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’
राजनीति
Jun 13, 2019
काङ्ग्रेसलाई ऊर्जा दिन अधिवेशन चाहिन्छ ः डा कोइराला
तुलसीपुर, ज्येष्ठ ३० नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेसलाई ऊर्जा दिन अधिवेशनबाहेक अर्को बाटो नभएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस दाङले भालुवाङमा आज आयोजना गरेको कार्यक्रममा कोइरालाले काङ्ग्रेस तदर्थ वादमा चलाउने हो भने काङ्ग्रेस समाप्त हुने भन्दै अधिवेशनमा जानुपर्ने धारणा व्यक्त गर्नुभयो । “विसं २०७६ फागुनमा चार वर्षको कार्यकाल पूरा हुन्छ तर नेतृत्व पक्षले अझै केही वर्ष अधिवेशन लम्बिन्छ भन्दै हिँड्नुभएको छ काङ्ग्रेस अब तदर्थवादमा चलाउने हो भने समाप्त हुन्छ, बेलैमा ध्यान दिन जरुरी छ”, कोइरालाले भन्नुभयो । उहाँले अहिले काङ्ग्रेसको प्रदेश, क्षेत्रमा पनि कमिटी बन्न नसकेको भन्दै काङ्ग्रेसको विधानमा सङ्क्रमणकालीन व्यवस्थामा भएकाले तुरुन्त निर्वाचनमा जानुपर्ने सुझाव दिनुभयो । कोइरालाले काङ्ग्रेसले पहिलो जागरण अभियान सफतापूर्ण तवरले सम्पन्न गरेको भन्दै अर्को अभियान सँगसँगै अधिवेशनको तयारीमा पनि लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विधि र विद्यानलाई टेकेर काङ्ग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । “विधि र विधानलाई नटेक्दा काङ्ग्रेसको यस्तो अवस्था आएको हो, विधि र विधानलाई केन्द्रदेखि स्थानीयस्तरसम्म मान्नुपर्छ”, उहाँले भन्नुभयो, “हामीले संस्कार गुमाउँदै गएकाछौँ, नैतिकताको कसिमा पनि बाँधिन सकेका छैनौँ, त्यसतर्फ ध्यान दिनुपर्छ ।” –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video