स्थानीय सरकार
Jun 13, 2019
प्रदेशसभामा औद्योगिक व्यवसायसम्बन्धी विधेयक पारित
धनगढी, ज्येष्ठ ३० सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उक्त विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयक पारित भएसँगै प्रदेशमा उद्योगधन्दा र उद्यमशीलताको स्थापना, विकास एवं सञ्चालनको बाटो खुलेको छ । यसअघि विधेयकमाथि भएको छलफलमा भाग लिने सदस्यले प्रदेशमा उद्योग र उद्यमशीलताका लागि लगानीमैत्री वातावरण बनाउनु जरुरी रहेको बताउनुभयो । छलफलमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बलदेव रेग्मी, लालबहादुर खड्का र मनाकुमारी साउद, प्रतिपक्ष नेपाली काङ्ग्रेसका डा रणबहादुर रावल र भरतबहादुर खड्का, राष्ट्रिय जनता पार्टीका मालामति देवी रानाथारुले भाग लिनुभएको थियो । बैठकमा सार्वजनिक महत्वका विषयमा आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले जेठ २३ गतेको हुरीका कारण कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु र ९९ जना घाइते भएको, दार्चुलाको नौगाडमा रहेको विद्यालयको सेफ्टी ट्याङ्की भत्किँदा चार जना विद्यार्थीको मृत्यु भएको, चट्याङ लागेर डडेलधुराको पर्शुराम नगरपालिकामा एक जनाको मृत्यु र थप दुई जना घाइते भएको जानकारी दिनुभयो । मन्त्री शाहले मृत्यु भएका परिवारजनप्रति संवेदना व्यक्त गर्दै सरकारले मृतक परिवारका सदस्यका साथै आँधीबेहरीले क्षति पु¥याएका परिवारलाई राहत वितरण गर्न लागेको जानकारी दिनुभयो । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रस्तुत गर्नुभएको ‘सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई दफाबार छलफलका लागि प्रदेश सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । अर्को बैठक आगामी असार १ गते अपराह्न ४ः३० बजे बस्नेछ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video