पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
शिक्षा /स्वास्थ्य
Jun 13, 2019
स्वाथ्यचौकीमा ३६ प्रकारका औषधि सहयोग
हुम्ला, जेठ ३० सधैँ औषधि अभाव हुने हिमाली जिल्ला हुम्लाको ठेहे स्वास्थ्य चौकीमा विकासका लागि साझा मञ्च (सिएफडी) नेपाल नामक संस्थाले औषधि सहयोग गरेको छ । सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिनका लागि ३६ प्रकारका औषधि सहयोग गरेको मञ्चका जिल्ला कार्यक्रम संयोजक शौरभ लामाले जानकारी दिनुभयो । वडा २ मा रहेको ठेहे स्वास्थ्य चौकीमा साविक वडा १ देखि ६ सम्मका करीब पाँच सय घरधुरीले उपचार गर्ने भएकाले औषधि सहयोग गरेको जिल्ला संयोजक लामाले जानकारी दिनुभयो । सदरमुकाम सिमकोटबाट सात कोष टाढा पर्ने ठेहे स्वास्थ्य चौकीमा औषधि अभावका कारण बिरामीलाई समस्या हुन नदिनका लागि औषधि सहयोग गरिएको मञ्च नेपालका जिल्ला कार्यक्रम संयोजक लामाले बताउनुभयो । ३६ प्रकारका औषधि ठेहे स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा वडा सदस्य बाँचपुरी भण्डारी, ठेहे स्वास्थ्य चौकी इञ्चार्ज रमेशकुमार सापकोटालाई विकासका लागि साझा मञ्च नेपालका जिल्ला संयोजक शौरभ लामाले हस्तान्तरण गर्नुभयो । विकासका लागि साझा मञ्च नेपाल नामक संस्थाले साविक सिमकोट, ठेहे, डाडाफयाँ, खार्पुनाथ गाविसमा स्वास्थ्य, शिक्षा, कृषि, पशु क्षेत्रमा २०६५ सालदेखि काम गर्दै आएको लामाले जानकारी दिनुभयो । औषधि खरीददेखि सिमकोट ल्याउन भाडादर गरेर पाँच लाख बराबरको औषधि हस्तान्तरण गरिएको हो । गाउँघरमा यतिबेला सामान्य रुघाखोकीदेखि पखालाका बिरामीहरु हुने सिजन भएकाले ठेहे स्वास्थ्य चौकीमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्य चौकीप्रमुख रमेशकुमार सापकोटाले जानकारी दिनुभयो । गाउँघरमा उनीहरूको उपचारमा निरन्तर औषधि आवश्यक हुन्छ । सिएचडी नामक संस्थाले ठेहे स्वास्थ्य चौकीमा ३६ प्रकारका औषधि सहयोग गरेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video