नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, के के छ बक्तव्यमा ?  |  काँग्रेस संसद निवासबाटै पक्राउ  |  उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ  |  सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के  |  चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ  |  ‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’  |  चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग  |  आज मिति २०७६ असोज २६ गते आइतबार कोजाग्रत पुर्णिमा, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  राष्ट्रपति विद्या भण्डारीले आज गरेकाे सम्बोधनको पूर्ण विवरण  |  ‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’
राजनीति
Jun 15, 2019
गुठीसम्बन्धी विधेयक पास हुन दिँदैनौँ : सभापति देउवा
हेटौँडा, जेठ ३२ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक पक्षलाई जोड दिएर अलग्गै पहिचानसहितको एकीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले संस्कृति र सभ्यतामा प्रहार नगर्न अनुरोध गर्नुभयो । जनताको अधिकार र स्वतन्त्रता कुनै पनि हालतमा खोस्न नदिने उहाँको भनाइ थियो । सभापति देउवाले आगामी दिनमा काङ्ग्रेसलाई पूर्णरुपमा बहुमत दिलाउन जुझारु भएर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्र गुट उपगुट मौलाएको बताउनुभयो । “गुट उपगुट बन्द गर्नुपर्छ”, उहाँले भन्नुभयो । विचार, सिद्धान्त र इतिहासमा सशक्त भूमिका खेलेको आफ्नो पार्टी आन्तरिक विवादकै कारण निर्वाचनमा हारेको उहाँको धारणा थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video