अर्थतन्त्र/सेयरबजार
Jun 16, 2019
प्रदेशसभाको बैठकमा राजश्वको, व्ययको र आर्थिक विधेयक प्रस्तुत
हेटौँडा, असार  १ ।  प्रदेश नं ३ प्रदेशसभाको आज साँझ बसेको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि बजेट प्रस्तुत गर्नुभएलगत्तै राजश्व र व्ययको अनुमान र आर्थिक विधेयक, २०७६ को दफावार छलफलका लागि प्रस्ताव राख्नुभयो । सरकारको बजेट विनियोजित शीर्षक र राजश्वको व्ययको अनुमान छलफलका लागि यही असार ५ गते दिनको १ बजे बैठक बस्ने भएको सत्तारूढ नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिनुभयो । सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक असार ५ गते दिनको १ बजे बस्ने जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video