पर्यटन /बिबिध समाचार
Jun 17, 2019
महिला फुटबल–वालिङ नगरपालिका सेमिफाइनलमा
काठमाडौँ, असार २ स्याङ्जाको वालिङ नगरपालिकाले बाँसगढी नगरपालिकासँग गोलरहित बराबरी खेल्दै उपपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा वालिङ नगरपालिकाले बाँसगढी नगरपालिका गोलरहित बराबरी खेल्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस खेलसँगै वालिङ नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोलीसमेत बन्न सफल भयो । समूह ए मा रहेको वालिङले दुई खेलमा जित र एक बराबरीसहित सात अङ्क जोडेको छ भने सोही समूहमा रहेको बाँसगढीको ५ अङ्क । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला फुटबल समितिले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १८ टोली सहभागी छन् । लिग कम नकआउटका आधारमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् । त्यस्तै प्रतियोगितामा फेयर प्ले टोलीले रु ५० हजार, सर्वोकृष्ट खेलाडीले रु २५ हजार तथा विधागततर्फ उत्कृष्ट हुनेले जनही रु १० हजार पाउनेछन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video