रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत  |  राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट  |  आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक : गृहमन्त्री थापा  |  विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान  |  अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै रिट निवेदन  |  उपनिर्वाचन २ ०७६ : नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै  |  संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न नेता रिजालको आग्रह  |  आज मिति २०७६ कार्तिक २७ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी पाहुनाको स्वागत  |  कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ : काङ्ग्रेस
शिक्षा /स्वास्थ्य
Jun 18, 2019
गर्मी बढेसँगै अस्पतालमा बिरामी शिशु वृद्धि
चितवन, असार गर्मी बढेसँगै यहाँका अस्पताल बिरामी बच्चाले भरिएका छन् । उच्च तापक्रमसँगै सबैभन्दा बढी बच्चा बिरामी भएकाले उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च ज्वरो, रुघाखोकी, झाडापखाला, घाउ खटिरा, जण्डिसजस्ता समस्या लिएर बच्चा अस्पताल आउने गरेका छन् । बच्चाको जीउ र अनुहारमा दादुरा, ठेउला, पानीका फोका देखिने गरेको छ । डा. बसौलाले एउटै परिवारका छ जनासम्म बच्चा जण्डिसको समस्या लिएर आएको जानकारी दिनुभयो । दैनिक १००को हाराहारीमा बिरामी बहिरङ्ग सेवामा आउने गरेकामा दुई सातायता यो सङ्ख्या १५० नाघेको छ । शिशु वार्डमा रहेका ५०, बालसघन उपचार कक्षका १२, नवजात शिशु वार्डका १२का साथै श्यया भरिएर क्याबिनमा समेत बच्चा राखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्टसमेत रहनुभएका वरिष्ठ बालरोग विशेषज्ञ डा विश्वबन्धु बगालेले बिरामीको सङ्ख्या बढेको बताउँदै उक्त विभागमा विज्ञ चिकित्सक रहेकाले उच्च सतर्कता अपनाई अस्पताल आएका बिरामीको उपचार गर्ने काम भइरहेको बताउनुभयो । उहाँले बच्चालाई गर्मीबाट बचाउन घाममा खेल्न नदिई शीतल ठाउँमा राख्न र पानीलगायत पेय पदार्थ खुवाउन तर बजारीया तयारी खाना, सडेगलेको खानेकुरा र पानीपुरी, चटपट र विषादी प्रयोग गरिएका फलफूल नखुवाउन सुझव दिनुभयो । सरकारी अस्पतालसँगै यहाँका दुई मेडिकल कलेज र २० भन्दा बढी निजी अस्पतालमा पनि बिरामी बालबालिकाको सङ्ख्या बढेको छ । चितवन मेडिकल कलेजका वरिष्ठ बालरोग विशेषज्ञ डा शान्ति रेग्मीले दैनिक ९० को हाराहारीमा बच्चा बिरामी आउने गरेको र बालरोग विभागका १०० वटा श्यया भरिएको जानकारी दिनुभयो । उहाँले बच्चालाई खानपानमा विशेष ख्याल पु¥याउन आग्रह गर्नुभयो । जिल्लामा गर्मी बढेसँगै सोमबारबाट चार दिनका लागि यहाँका शिक्षण संस्था बन्द गरिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video