राजनीति
Jun 19, 2019
काङ्ग्रेसद्वारा १८३ जनालाई कारवाही
काठमाण्डौं । असार ४ । नेपाली काङ्ग्रेसले विसं २०७४ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्धको गतिविधिमा संलग्न विभिन्न जिल्लाका १८३ जनालाई कारवाही गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बनेका र निजका प्रस्तावक एवम समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्तालाई विधानतहः कारवाही गरेको हो । साथै बैठकले उक्त निर्णयबमोजिम त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका सबै तहका नेता तथा कार्यकर्तालाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएको समितिका संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिनुभयो । समितिले त्यस्ता गतिविधिमा संलग्न भएकाको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लालाई निर्देशन दिएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video