अर्थतन्त्र/सेयरबजार
Jun 20, 2019
दश महिनामा ५५ अर्बको शेयर सूचीकृत
काठमाडौँ, असार ५  चालु आर्थिक वर्षको दश महिनामा कूल रु ५४ अर्ब ९६ करोड बराबरको धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा’ दश महिनामा रु २४ अर्ब ७५ करोड बराबरको साधारण शेयर सूचीकृत भएको छ । यस्तै रु नौ अर्ब २२ करोड बराबरको हकप्रद शेयर, रु २० अर्ब २४ करोड बराबरको शेयर लाभांश र रु ७५ करोड १७ लाख बराबरको ऋणपत्र गरी रु ५४ अर्ब ९६ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल स्टक एकसचेञ्जमा सूचीकृत शेयरको चुक्तामूल्य रु चार खर्ब १५ अर्ब २१ करोड पुगेको बैंकले जनाएको छ । स्टकमा सूचीकृत कम्पनीको सङ्ख्या गत वैशाख मसान्तसम्म २०९ पुगेका छन् । सूचीकृत कम्पनीमध्ये १५० बैंक तथा वित्तीय संस्था, १९ वटा बीमा कम्पनी छन् । यस्तै कूल १९ वटा उत्पादन र प्रशोधन उद्योग, २८ वटा जलविद्युत् कम्पनी र चार÷चार वटा होटल तथा व्यावसायिक संस्था र चार वटा अन्य समूहका रहेका छन् । पुनरकर्जाको उपयोग बढ्यो उत्पादनशील क्षेत्रतर्पm कर्जा प्रवाह तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत वैशाख मसान्तसम्ममा नेपाल राष्ट्र बैंकको रु २५ अर्ब २८ करोड पुनरकर्जा लगानीमा रहेको छ । त्यसमा साधारण पुनरकर्जा रु २१ अर्ब ५४ करोड र निर्यात पुनरकर्जा रु एक अर्ब १९ करोड उपयोग भएको छ । यस्तै भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि वैशाख मसान्तमा रु दुई अर्ब ५१ करोड उपलब्ध गराइएको छ । त्यस्ता कर्जा एक हजार ५७७ जना ऋणीले उपयोग गरेको बैंकले जनाएको छ । “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५” बमोजिम प्रवाह गरिएको कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा लिनेको संख्या १५ हजार ५४७ पुगेका छन् । सरकारले सहुलियतपूर्ण कर्जाका लागि कुल रु एक अर्ब १६ करोड ब्याज अनुदान प्रदान गरेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video