पर्यटन /बिबिध समाचार
Jun 21, 2019
अन्तराष्ट्रिय योग दिवसको अवसरमा तारकेश्वरमा विशेष कार्यक्रम आयोजना
रमेश पाण्डे । काठमाण्डौं । असार ६ । अन्तराष्ट्रिय योग दिवसको अवसरमा तारकेश्वरमा भव्य योगशिविर आयोजना गरिएको छ । 
मनमैजु योग शिविर, बासुकी योग शिविर लगायतका संस्थाहरुको आयोजनामा शुक्रबार बिहान तारकेश्वर १० स्थीत स्वर्णदिप स्कुलमा शिविर आयोजना गरिएको थियो । 
शिविरमा योगका बिभिन्न आसन, प्रणायम, ध्यान, खानपान र जीवनशैलीका बिषयमा प्रशिक्षण दिइएको बासुकी योग शिविर तथा एन्जलहार्ट नेश्नल स्कुलका योग प्रशिक्षक कुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त कार्यक्रममा योग प्रशिक्षकहरु मुना ढकाल र ज्ञानु प्रजापति मल्लले योग तथा खानपानका बारेमा जानकारी दिनुभएको थियो भने लक्ष्मी भट्टराईले एरोबिक सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।  
कार्यक्रममा दुई सय बढीको उपस्थीति रहेको थियो । बासुकी योग शिविरद्धारा बिगत ४ बर्ष देखि तारकेश्वर ९ स्थीत माउण्ट लार्के स्कुलमा दैनिक रुपमा बिहान ५ बजे देखि ६ः३० बजे सम्म निशुल्क योग शिविर सञ्चालन हुंदै आईरहेको योग प्रशिक्षक श्रेष्ठले बताउनुभयो । 
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video