नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय  |  विप्वल समूहका इञ्चार्ज पक्राउ  |  भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि
पर्यटन /बिबिध समाचार
Jun 26, 2019
प्रधानमन्त्री महिला क्रिकेट ः उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने
भीमदत्तनगर, असार १   कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा भिड्ने भएका छन् । आज पहिलो सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि सुदूरपश्चिमले प्रदेश नं २ सित अङ्क बाँडेर फाइनल प्रवेश गरेको हो । समूह ‘बी’ मा दोस्रो स्थानमा रहेको प्रदेश नं २ ले सुदूरपश्चिमसित सेमिफाइनल खेल्न नपाउनु नै घरेलु टिमका लागि फाइनलको यात्रा सुरक्षित हुन पुग्यो । समूह ‘ए’ मा अग्रस्थानमा रहेको सुदूरपश्चिमसित सेमिफाइनल भिड्न नपाउँदै प्रदेश नं २ प्रतियोगिताबाट बाहिरिएको हो । दोस्रो सेमिफाइनल खेलमा एपीएफ प्रदेश नं १ लाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । वर्षाका कारण पाँच ओभरमा सीमित पारिएको खेलमा एपीएफ चार रनले विजयी भयो । बुधबार फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले रु चार लाख, उप–विजेताले रु तीन लाख तथा तेस्रो हुने टिमले रु दुई लाख पुरस्कार प्राप्त गर्नेछ । समापन समारोहमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरलगायतको उपस्थिति रहने आयोजक महाकाली स्पोर्टस् सोसाइटीले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video