धर्म/संस्कृति
Jun 27, 2019
आज मिति २०७६ असार १२ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असार १२विक्रमसंवत २०७६ साल आषाढ १२ गते बृहस्पतिवार तदनुसार २०१९ जुन २७ तारिख आषाढ कृष्ण पक्ष दशमी तिथि भोलिविहान ३ । ३५ उप्रान्त एकादशी रेवति नक्षत्र विहान ५ । ३२ उप्रान्त अश्विन नक्षत्र अतिगण्ड योग राति १०। १९ उप्रान्त सुकर्म योग वणिज करण आनन्दादि योगमा मित्र योग चन्द्रमा मीन रासिमा विहान ५ । ३२ सम्म उप्रान्त मेष रासिमा शुभ वेला वेला विहान ६ । ४२ आज चन्द्रमा पूर्वमा रहने भएकोले कामगर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिध्दै अन्य भएमा केहि पूर्व गएर गर्नुवेश ॐ श्रीं ह्रीं क्लीं ग्लों क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकलह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ हं हनुमते रुद्रात्मकाय हुँ ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः यो ३ मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरु गर्दा सहज सरल हुनेछ । केहि समय देखि देशमा संकट आइरहेकोले देश र जनताको हितका लागि यो मन्त्र पढनु राम्रोहो 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesराज्यबाट सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआमदानि खासै हुनेछैन सोचने सक्तीमा कमी आउनाले बुध्दिको कमी हुनेछ मनोबल घटने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने योगछ ।
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiलाभप्रद कार्यममा सफल हुन नसकि असफलताले जरो गाड्ने सरिरमा आलस्यता बढ्ने गरेको प्रयास हरुमा कमी आउनेछ विस्वासमा लाभ नहुने योग 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerराज्यवाट मान सम्मन पाउने योग गरेका काममा सफलता मिल्ने योगछ अरुको विस्वास आफु प्रति रहनेछ । मनोवल पनि बढ्नेछ कूटनैतिक कार्यमा उचित लाभ् मिल्नेछ 


सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoबोलिको प्रभाव नपर्ने क्रम कायमै रहनेछ आर्थिक भाग्य कम्जोर भएकोले आर्थिक उन्नति पनि हुनेछैन मनमा खिन्नताको पनि कमीछैन स्वास्थमा अलिध्यान दिनुहोला आँटेका काम सबै पुराहुने छैनन 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoस्वास्थमा बाधा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला आर्थिक कारोवारमा अघि नवढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraबुध्दिले अरुलाइ बसमा लिन सकिनेछ व्यपारमा र बैदेशिक कार्यमा सफलता मिल्नेछ पढाइमा रुचिबढने छ अरुको मन जित्न सजिलै सकिनेछ 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिश्रम बुध्दि लगाएर अघि बढ्दा अरुलाइ विस्वासमा लिन सकिनेछ ठूला व्यक्तिले पनी विबेक पुर्याउनेछन दाम कमाउने तिर सफलता मिल्न गारोछैन योसमय सकृय हुनु बेश होला  


धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusधार्मिक पक्ष वलियो नभएर सोचेको कुराले सफलताको बाटो नसमात्ने हुनाले आटेको काममा सफलता सजिलै मिल्नेछैन धर्ममा अरुचि वढ्नेछ अरुको विस्वासमा अघिबढ्न सकिनेछैन
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिवारिक असहयोगले आत्म विस्वास घटाउनेछ मित्रहरुले सहयोग गर्नेछैनन मनमा खिन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछैन सजग भएर काम गर्नु वेश हुनेछ 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपराक्रम बढनुकोसाथै भेटघाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउने विदेश यात्राको निम्ताआउने भयकोले ठूलाव्यक्तिसङ्ग अन्तरकृया गर्ने अवसर मिल्ने योगछ 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
बोलिको प्रभाब राम्रो नभयर अरुबाट आलोचना हुनेछ मनोबल घट्ने र भेटघाटमा आलोचना बढनेछ अरुको विस्वसपनि आफुप्रति रहने छैन काम राम्रो नहुने भएकोले सफलताको आशा कम गर्नुहोला 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video