अर्थतन्त्र/सेयरबजार
Jun 27, 2019
शुद्धोधनको बजेट ४६ करोड
खस्यौली, असार १२  रुपन्देहीको शुद्धोधन गाउँपालिकाले आज आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ४६ करोड ८९ लाख ८५ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको पाँचाँै गाउँसभामा अध्यक्ष किसुनचन्द्र चौधरीले बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो । बजेटको चालू खर्चतर्फ रु २१ करोड ५७ लाख ६९ हजार र पूँजीगततर्फ रु २५ करोड ३२ लाख १६ हजार विनयोजन गरिएको छ । चालू आवमा गाउँपालिकाले रु ३८ करोड ४३ लाख सात हजार बराबरको बजेट प्रस्ततु गरेको थियो । चालू आवको तुलनामा आगामी आव रु आठ करोड ६३ लाख पाँच हजार अर्थात् २२.५५ प्रतिशत बजेट बढी प्रस्तुत गरिएको छ । बजेटमा राजश्व सम्बन्धमा भूमिकर (मालपोत) घटाइएको छ भने अन्य साविकको दरलाई यथावत राखिएको छ । कृषि क्षेत्रको व्यावसायिकरण गर्दै लैजान कृषि र पशु विकासको क्षेत्रमा रु १५ करोड ५७ लाख पाँच हजार विनियोजन गरिएको छ । शिक्षामा सशर्तसमेत रु नौ करोड ४६ लाख २४ हजार विनियोजन भएको छ । पूर्वाधार विकासमा रु १७ करोड ३८ लाख ९५ हजार तथा स्वास्थ्यमा सशर्तसहित रु तीन करोड ५६ लाख ५१ हजार विनियोजन गरिएको छ । बजेटमा घर नक्सा पास गर्ने व्यवस्था लागू गरिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video