सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
कृषि/प्रविधि
Jun 28, 2019
प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाइने
लहान, असार  १३ प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाउने गरी नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको बताउनुभएको छ । आँप उत्पादनको दृष्टिकोणले अग्रणी मानिने सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर कुशहामा शुरु भएको राष्ट्रिय आँप महोत्सव २०७६ को उद्घाटन कार्यक्रममा मन्त्री साहले प्रदेश नं २ लाई कृषिमार्फत नै समृद्ध बनाउन सकिने भएकाले प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको बताउनुभयो । सबै खेतमा सिँचाइ, हरेक किसानको हातमा पानी पु¥याउने उद्देश्यले प्रदेश सरकारले व्यापकरूपमा डिपबोरिङ जडान गर्नुका साथै पाँच हजार साना किसानलाई स्यालो ट्युवेल वितरण गर्ने योजना बनाएको मन्त्री साहले बताउनुभयो । कृषिलाई आत्मनिर्भर नबनाएसम्म प्रदेश वा देश नै समृद्ध बन्न नसक्ने उल्लेख गर्दै मन्त्री साहले कृषिलाई आत्मनिर्भर बनाएर स्वदेशमै युवालाई रोजगारीको वातारण बनाउने योजनाका साथ प्रदेश सरकार अघि बढेको जानकारी दिनुभयो । सप्तरी, सिरहा, धनुषा र महोत्तरीलाई आँप जोनको रूपमा विकास गर्न लागेको उल्लेख गर्दै उहाँले प्रदेश नं २ का तीन जिल्लामा निर्माण हुने आँप प्रशोधन केन्द्रमध्ये एउटा सप्तरीको श्रीपुरमै स्थापना गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले प्रशोधन केन्द्र नहुँदा स्थानीय किसानले उत्पादन गरेको आँप सस्तोमा बिक्री गर्न बाध्य रहेको बताउनुभयो । उहाँले आँप उत्पादनको अग्रणी रहेको सुरुङ्गा नगरपालिकालाई आँप जोनको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय आँपको प्रचारप्रसारसँगै आँपखेतीलाई प्रोत्साहित गर्दै आँप उत्पादनमा वृद्धि गर्ने उद्देश्यले शुरु भएको महोत्सवमा स्थानीय किसानद्वारा उत्पादित विभिन्न जातका आँपको छ स्टल राखिएको छ । सप्तरीमा कूल पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती हुँदै आएको छ । सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा मात्रै ५०० हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको वडाध्यक्ष लीलाकान्त चौधरीले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video