अर्थतन्त्र/सेयरबजार
Jun 28, 2019
आँधीखोला लघुवित्तले चार लाख कित्ता साधारण शेयर बिक्री गर्दै
काठमाडौं, असार १३ स्याङ्जाको बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँघीखोला लघुवित्त वित्तीय संस्थाले चार लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र प्रकाशित गरी यही असार २२ गतेदेखि साधारण शेयर बिक्री गर्न लागेको उल्लेख गरेको हो । कम्पनीका अनुसार पाँच हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको विवरणमा उल्लेख छ । त्यसबाट बाँकी रहेको तीन लाख ७५ हजार कित्ता साधारण शेयर भने सर्वसाधारणलाई बिक्री गरिनेछ । कम्पनीका अनुसार शेयर बिक्री छिटोमा यही असार २५ गतेसम्म र ढिलोमा आगामी साउन २० गतेसम्म बिक्री हुनेछ । उक्त लघुवित्तले विभिन्न १९ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको छ । संस्थाले पशुपालना, खुद्रा व्यापार साना तथा घरेलु उद्योगमा लगानी गर्दै आएको विवरणपत्रमा उल्लेख गरेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video