केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
अर्थतन्त्र/सेयरबजार
Jun 28, 2019
ग्लोबल आइएमइ बैंकले रु दुई अर्ब ऋण लिने
काठमाडौं, असार १३ ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट करीब रु दुई अर्ब २० करोड ऋण लिने भएको छ । ऋण लिने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भए पनि बैंकले आज जानकारी दिएको हो । बैँकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले आज बैकमा आयोजित एक समारोहबीच सम्झौता आदानप्रदान गर्नुभएको हो । सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात ग्लोबल आइएमई बैंकले करीब दुई करोड अमेरिकी डलर ऋण लिई विभिन्न क्षेत्रमा ऋण लगानी गर्नेछ । यो सम्झौताले हाल बैंकिङ क्षेत्रमा देखिएको लगानी योग्य पूँजीको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ । आइएफसीबाट ल्याइने ऋmणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैँकको योजना रहेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video