सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
सेना/ प्रहरी/ शशस्त्र समाचार
Jun 30, 2019
‘एक प्रहरी एक बिरुवा’ अभियान, ४०० बिरुवा रोपियो
बैतडी, असार १५ जिल्ला प्रहरी कार्यालय बैतडीले ‘एक प्रहरी एक बिरुवा’ रोप्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शनिबार ४०० बिरुवा रोपिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । वातावरण संरक्षण गर्ने उद्देश्यसहित जिल्लामा रहेका ४०० प्रहरीले सरकारी कार्यालय, सार्वजनिक स्थान र खाली रहेका क्षेत्रमा फलफूल तथा जडीबुटीका बिरुवा रोपेका हुन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५० प्रहरी र अन्य प्रहरी युनिटमा १५० गरी उक्त सङ्ख्यामा बिरुवा रोपिएका उहाँले बताउनुभयो । उक्त अभियानमा बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारी, समन्वय उपप्रमुख धनबहादुर बोहरा, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापालगायतको उपस्थिति थियो । वन विनाश र जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्नेदेखि वातावरणीय सन्तुलन बिग्रेकाले वृक्षरोपण गर्न आवश्यक भएकाले बिरुवा रोप्ने यो अभियान सञ्चालन गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताउनुभयो । “प्रहरीले मात्र होइन, सबैले एकएक बिरुवा रोपेर हुर्काउन सके पर्यावरण स्वच्छ राख्न सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो, “यो अभियान मात्र हो, सबै नागरिक जागरुक भएर वृक्षरोपणमा सहभागी भए वातावरणलाई सफा, स्वच्छ, निर्मल राख्नुका साथै भावी पुस्ताका लागि सम्पत्ति बन्नेछ ।” जेठ अन्तिम साता बैतडी प्रहरी प्रमुख भएर आएका पाण्डेयले जिल्लालाई नमूनायोग्य बनाउने बताउनुभयो । प्रहरी र समुदाय मिलेर मात्र समुन्नत समाजको निर्माण हुने भएकाले सबैसँग हातेमालो गर्दै सामाजिक जिम्मेवारी निभाउने उहाँको भनाइ छ । प्रहरीले शान्ति सुरक्षासँगै समाजको वृहत्तर हितका लागि अन्य सामाजिक उत्तरदायित्व पनि निभाउँदै आएको छ । प्रहरीलाई डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो । प्रहरीले चलाएको ‘एक प्रहरी, एक बिरुवा’ अभियानलाई जिल्लाका सरकारी एवं गैरसरकारी संस्थाका कर्मचारीले पनि साथ दिन सके उदाहरणीय काम हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । बिरुवाको महत्व सर्वसाधारणलाई बुझाउन सके वन विनाश रोकिनुका साथै जलवायु परिवर्तनको असरलाई कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video