समाज
Jul 01, 2019
‘युवालाई हौसला प्रदान गर्ने कार्यक्रम खोई’
विराटनगर,  असार  १६   प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ (७) बमोजिम विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित शीर्षकमा आजै छलफल भई समाप्त भएको छ । प्रदेशसभाको बैठकमा छलफलमा प्रदेशसभा सदस्य इन्दिरा राईले यस मन्त्रालयले ठोस ढङ्गले योजना नल्याएको, युवालाई हौसला प्रदान गर्ने कार्यक्रमलाई महत्व नदिएको र विनियोजित बजेट कार्यान्वयनमा समस्या आउने बताउनुभयो । सदस्य प्रतापप्रकाश हाङ्गामले ताप्लेजुङमा विभिन्न जातजातिलाई आवश्यक पर्ने घाट निर्माण गर्नुपर्ने भन्दै ताप्लेजुङ र पाँचथर जिल्लासँग जोडिने काबेलीमा स्तरीय घाट निर्माण गर्न बजेटको माग गर्नुभयो । सदस्य विद्यानन्द चौधरीले पर्यटन प्रवद्र्धनका निम्ति प्रदेशस्तरीय पर्यटन बोर्ड गठन हुनुपर्नेमा जोड दिनुभयो । सदस्य मोहनकुमार खड्काले सीमित साधन र स्रोतको अतिरिक्त मन्त्रालयले बाँडफाँट गरेको बजेटले धेरै काम हुने चर्चा गर्नुभयो । सदस्य राधा थापाले पर्यटनजस्तो महत्वपूर्ण विषयमा मन्त्रालयले उचित ध्यान दिएकाले यस क्षेत्रको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सदस्य रामचन्द्र लिम्बूले आदिवासी, जनजाति र पिछडा वर्गलाई उत्थान गर्न मन्त्रालयले उचित ध्यान नदिएको गुनासो गर्नुभयो । सदस्य रामबहादुर मगरले यस मन्त्रालयले बजेटको राम्रो व्यवस्थापन गरे पनि प्रदेश सरकारले देखाउन सकिने ठूला तथा स्तरीय योजनालाई समेट्न नसकेको टिप्पणी गर्नुभयो । छलफलमा उठेका प्रश्नहरुको जवाफमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले आवश्यक संरचना र कर्मचारीको अभाव आशातीत योजनाहरु सुदृढ गरेर ल्याउन नसकेको बताउनुभयो । उहाँले यस वर्षको बजेटले हिमाली पदमार्ग निर्माण हुने, विभिन्न योजनाका लागि विस्तृत अध्ययन हुने भन्दै बजेट कार्यान्वयनको दिशामा जाँदा थप धेरै योजना समेटिने बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video