नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह भन्छन “ नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो”  |  सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ : प्रमुख आयुक्त गुरुङ  |  थकालीलाई ओशोले दिएको नाम ‘प्रभु’  |  गाउँका जमीनमा वनमाराः युवा शहर वा विदेश पलायन  |  स्वास्थ्य सेवा : दुर्गममा लाग्दैनन् चिकित्सकका आँखा  |  पार्टीको अस्तित्व बचाउन काँग्रेस सच्चिनुपर्ने : केन्द्रीय सदस्य कोइराला  |  साताको शेयर बजार : साढे आठ अर्बको कारोबार  |  विकट गाउँका बालबालिकाको पीडा : विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टा  |  महोत्तरीमा क्रसर उद्योग बन्द गरिने  |  शान्ति र स्थायित्व बिना विकास सम्भव छैन : गृहमन्त्री थापा
शिक्षा /स्वास्थ्य
Jul 02, 2019
चार करोडको लागतमा विद्यालय भवन
विदुर , असार १७ नुवाकोटको लिखु गाउँपालिका–३ ठूलोडाँडामा रु चार करोड ५० लाखको लागतमा विद्यालय भवन निर्माण गरिएको छ । ठूलोडाँडास्थित नव प्रकाश माविको सो भवनको सांसद बहादुरसिहं लामाले आज एक कार्यक्रमबीच उद््घाटन गर्नुभयो । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण विद्यालय भवन भत्केको थियो । त्यसयता टहरामा पठनपाठन गरिँदै आएको थियो । अहिले १३ कोठे भवन निर्माण गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय एकाइको समन्वय तथा जापानी सहयोग नियोग (जाइका)को आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको हो । कार्यक्रममा लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष भोला सेडाइ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राई, विद्यालयका प्रधानाध्यापक श्यामबहादुर राईलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video