सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
मनाेरञ्जन/रोचक
Jul 05, 2019
तारा देवी र अरुणा लामाका गीत गुञ्जदै
पोखरा, असार  २० ‘टेस्ट अफ हार्मोनी : धुनहरूमा तारादेवी र अरुणा लामा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरेली सुगम सङ्गीत गायिकाको संस्था ‘हार्मोनी : द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले भोलि शनिबार पोखराको सभागृहमा गरिने विशेष साङ्गीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो । आयोजक संस्थाका अध्यक्ष ईतु जोजिजुले महिला सुगम सङ्गीत गायिकाहरूको उत्थान र प्रबद्र्धनमा समर्पित सस्था भएको बताउँदै महिला गायिकाको संरक्षण र प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उपाध्यक्ष कौशल्या गुरुङले कार्यक्रममा अरुणा लामा र तारादेवीका चर्चित कालजयी गीत प्रस्तुत गर्दै उहाँहरू प्रति समर्पण गरिने जानकारी दिनुभयो । कार्यक्रममा संस्थामा आबद्ध ईतु जोजिजु, कौशल्या गुरुङ, शीतल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन लगायत सम्पूर्णको प्रस्तुति रहने जनाइएको छ । उक्त अवसरमा संस्थाले दार्जिलिङकी गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा तथा नृत्याङ्गना रत्न दाशलाई हार्मोनी सम्मानबाट सम्मान र उदीयमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभाबाट सम्मान गरिने संस्थाका सचिव बबी सुनारले जानकारी दिनुभयो । कार्यक्रममा पोखराकै रारा चाउचाउले टाईटल स्पोन्सर गरेको छ भने अन्य विभिन्न सङ्घ संस्था तथा सञ्चारमाध्यमले सहयोग गर्ने भएका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video