अपांगता/अल्पसंख्यक
Jul 05, 2019
दृष्टीविहिन अपांग तथा असहायद्धारा आन्दोलनको घोषणा
काठमाण्डौं । असार २० । आफना मागहरुको बारेमा सरकारले कुनै चासो नदेखाएको भन्दै दृष्टीविहिन अपांग तथा असहाय संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । 
२०७६ जेष्ठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार मार्फत ११ बुंदे मागहरु पेश गरिएपनि हाल सम्म कुनै प्रकारको सुनुवाई नभएको भन्दै आन्दोलनको घोषण गर्न बाध्य भएको संघर्ष समितिका संयोजक रामकुमार खातीले बताए । 
संघर्ष समितिद्धारा काठमाण्डौंमा बिहिबार पत्रकार सम्मेलन गदै असार २२ गते देखि एक हप्ता विहान ९ बजे देखि ११ बजे सम्म माईतिघर मण्डला लगायत काठमाण्डौको मुख्य चोकमा धर्ना दिने कार्यक्रम घोषणा गरीएको छ । 
Image may contain: 6 people, including Kaji Lal Shrestha and Nilkantha Paudel, indoor
कार्यक्रममा बोल्दै समाजसेवी कुमार बस्नेतले अपांगता भएका तथा असहायहरुको मागलाई सरकारले बेवास्ता गर्नु दुखद रहेको बताँउदै मागका बिषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरे । 
कार्यक्रममा राष्ट्रिय अपांग पत्रकार संघका अध्यक्ष रबिनप्रसाद थपलियाले राज्य जातिय र क्षेत्रीय आरक्षणमा लागेर अपांगता भएका व्यक्तिहरुको आरक्षणलाई घटाउनु दुखद रहेको बताँउदै अपांगता भएका व्यक्तिहरुको हितका निम्ती आरक्षणको कोटा बढाउनुपर्ने बताए । 
कार्यक्रममा आम नेपाली पार्टीका अध्यक्ष निलकण्ठ पौडेलले अपांग आयोग मार्फत अपांगता भएकाहरुलाई रोजगारी र राजनीतिमा समेत आरक्षणको सुनिश्चीततता हुनुपर्ने बताए । नेकपासंग एकताको अन्तीम तयारीमा रहेको उक्त दलका अध्यक्ष रहेका पौडेलले लोककल्याणकारी राज्यको अवधारणा अनुसार पनि राज्यले अपांगता भएकाहरुको उचित मागलाई सम्बोधन गर्नुपर्ने बताए । 
कार्यक्रममा अपांग मैत्री नेपालका अध्यक्ष काजीलाल श्रेष्ठ, अपांग अधिकारकर्मी रमेश तिवारी, टेकराज मग्राती लगायतले आन्दोलन प्रति एक्यबद्धता जनाँउदै आन्दोलनलाई प्रभावकारी बनाउन सवैले आफनो ठाँउबाट लाग्नुपर्ने बताए । 
कार्यक्रममा गाइकाद्धय सुभद्रा पौडेल तथा बिष्णु न्यौपानेले अपांगता भएका व्यक्तिहरुको आन्दोलनमा एक्यबद्धता जनाँउदै संगीतिक प्रस्तुती समेत गरेका थिए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video