सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
मनाेरञ्जन/रोचक
Jul 05, 2019
राजधानीमा बाटिक मेला शुरु
काठमाडौँ, असार २०  राजधानीमा बाटिक मेला शुरु भएको छ । इन्डोनेशियाली दूतावास र नेपालस्थित इन्डोनेशियाली अवैतनिक वाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो मेला राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको हो । नेपालका लागि इन्डोनेशियाली राजदूत रिनो पि सोएमर्माे र नेपालका लागि इन्डोनेशियाली अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले मेलाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । आजसम्म सञ्चालन हुने मेलामा इन्डोनेशियाली बाटिकद्वारा निर्मित पहिरनहरु राखिएको उक्त कार्यक्रमको सह–आयोजक आइएमइ समूहले जनाएको छ । मेलामा बाटिक कपडाका सौखिनहरुका साथै नेपालमा रहेका इन्डोनेशियाली समुदायका नागरिक र नेपाल तथा इन्डोनेशियाका ट्राभल एजेन्सीहरुको पनि सहभागिता रहने बताइएको छ । मेलाको उद्घाटन कार्यक्रममा नेपालका लागि इन्डोनेशियाली राजदूत सोएमर्माेले इन्डोनेशिया र नेपालको सम्बन्धको घनिष्ठताको चर्चा गर्नुभयो । इन्डोनेशिया नेपालको एक हितैषी राष्ट्र हो भन्दै उहाँले यी दुई देशबीच धार्मिक, सांस्कृतिक लगायतका धेरै क्षेत्रमा असल सम्बन्ध रहिआएको स्पष्ट गर्नुभयो । नेपालका लागि इन्डोनेशियाली अवैतनिक वाणिज्यदूत ढकालले नेपाल र इन्डोनेशियाबीचको असल सम्बन्धको चर्चा गर्दै पछिल्लो समयमा इन्डोनेशिया र विशेषगरी त्यहाँको बाली टापू नेपाली पर्यटकहरुको एक आकर्षक गन्तव्य बनेको बताउनुभयो । दुई देशबीचका सांस्कृतिक समानताहरुलाई जनस्तरमा पुर्याउन र एकले अर्का देशका पर्यटकहरुलाई आफ्नो देशमा स्वागत गर्नका लागि गएका केही वर्षयतादेखि यस्ता सांस्कृतिक आदानप्रदानका कार्यक्रमहरु जारी राखिएको उहाँले बताउनुभयो । पछिल्लो समयमा यी दुई देशका नागरिक एक अर्काे देशमा पर्यटकका रूपमा भित्रिने सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र यसले आगामी दिनमा नेपालमा इन्डोनेशियाली लगानी आकर्षित गर्न मद्दत पुग्ने ढकालले बताउनुभयो । उद्घाटन कार्यक्रममा इन्डोनेशियाको कला र संस्कृति झल्किने खालका विविध सांस्कृतिक कार्यक्रम तथा इन्डोनेशियाली बाटिकबाट निर्मित पहिरनहरुको ‘फेसन सो’ पनि प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video