सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
समाज
Jul 05, 2019
आकाशको पानीको पर्खाइमा किसान
धनगढी,असार २० वर्षा भएपछि रोपाइँ गरौँला भनेर आकाश हेर्दैमा दिन बित्ने गरेको छ, तर वर्षा हुँदैन । आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरेका कैलालीका किसान वीरबहादुर चौधरीले प्रस्तुत समस्या सुनाउनुभयो । असार महीनाको तेस्रो हप्ता बित्न लाग्दा पनि पर्याप्त वर्षा नभएपछि कैलालीका कृषकको चिन्ता बढेको छ । बोरिङ पम्पिङ सेटबाट पानी तानेर गरिएको रोपाइँमा सिँचाइ नहुँदा खेतमा चिरा पर्न थालेको छ । यस वर्ष मनसुन अहिलेसम्म सक्रिय हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा असार तेस्रो हप्तासम्म अधिकांश जग्गामा रोपाइँ हुन सकेको छैन । धान रोप्न आकासे पानीको पर्खाइमा बस्नुभएका अर्का किसान महेश कुँवर रासायनिक मल डिएपीको समेत अभाव हुँदा खेतीको काम कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ । क्षेत्रीय कृषि विकास निर्देशनालय दिपायलका प्रमुख गोविन्द शर्मा १०÷१५ दिन अझै खडेरीको अवस्था रहेमा यस वर्षको बर्खे धान बाली उत्पादनमा ह्रास आउने बताउनुहुन्छ । उहाँका अनुसार हालसम्म पहाडी जिल्लामा ४५ देखि ५० प्रतिशत र कैलाली र कञ्चपुरमा २४ प्रतिशत मात्र रोपाइँ भएको छ । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिताकुमारी चौधरीले रासायनिक मल आपूर्तिको कार्य क्षेत्र सङ्घीय सरकारको रहेकाले मल आपूर्ति गर्न निरन्तर समन्वय भइरहेको राससलाई बताउनुभयो । सरकारी अनुदानको मल बिक्रेता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रडिङ कर्पोरेशन लिको धनगढीस्थित गोदाममा डिएपी मलको मौज्दात जेठ महीनामै सकिएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video