वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने  |  तारकेश्वर नगरपालीका सबै वडाहरुमा राहत वितरण शुरु  |  विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास  |  आइतबारदेखि भरी ग्यास सिलिण्डर किन्न पाइने  |  पुर्नबिमा कम्पनीको सेयर बाँडफाँड, १ लाख ९१ हजार बढीले मागे जति सेयर पाए, यि हुन भाग्यमानी लगानीकर्ता
राजनीति
Jul 05, 2019
सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्छ ः उपप्रधानमन्त्री पोखरेल
काठमाडौँ, असार २० उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताउनुभएको छ । पर्सा जिल्लाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अगुवा कार्यकर्तासँगको भेटघाटमा उहाँले सरकार गठनपछिको पहिलो एक वर्ष कानून निर्माणमा सरकार बढी केन्द्रित भएको बताउनुभएको हो । सरकारले गर्छु भनेर प्रतिबद्धता जनाएको कामहरु पाँच वर्षभित्रै सम्पन्न हुने विश्वास दिलाउँदै मन्त्री पोखरेलले विकास र समृद्धिको जग यही सरकारका समयमा निर्माण हुने प्रतिबद्धता जनाउनुभयो । सरकारले घोषणा गरेका प्रतिबद्धता नबिर्सिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनताले देख्ने र महसुस गर्ने काम आगामी वर्षमै हुनेछ ।” विचारका मामिलामा पार्टीभित्र देखिएका विवाद वा छलफललाई कार्यकताले सामान्य मान्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री पोखरेलले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवै फरक पृष्ठभूमिबाट आएकाले केही फरक मत देखिन सक्ने बताउनुभयो । आगामी एक महीनाभित्रमा सङ्गठनात्मक सुधारका धेरै काम हुनेमा जोड दिँदै उहाँले भन्नुभयो, “कार्यकर्ता व्यवस्थापनका धेरे कामहरु यो एक महीनामा सम्पन्न हुनेछ ।” उपप्रधानमन्त्री पोखरेसँग पार्टीका अगुवा कार्यकर्ताले पार्टीभित्र देखिएको आन्तरिक विवाद, सरकारको कामकारवाही, एकीकरणको बाँकी कामको अवस्थालगायत विषयमा जिज्ञासा राखेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video