सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
सेना/ प्रहरी/ शशस्त्र समाचार
Jul 05, 2019
४६ प्रहरीलाई कारवाही
भद्रपुर, असार २० आचरणविपरीत काम गरेको अभियोगमा झापाका विभिन्न तहका ४६ जना प्रहरी विभागीय कारवाहीमा परेका छन् । राम्रो काम गर्नेलाई तत्कालै पुरस्कार र नियमविपरीत काम गर्नेलाई दण्डित गर्ने नेपाल प्रहरीको विभागीय नीति अन्तर्गत आव २०७५÷७६ मा उनीहरु कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार विभागीय कारवाहीमा परेकामध्ये आठ प्रहरी जवान र एक हवल्दार गरी नौ जनालाई नोकरीबाट हटाइएको छ भने पाँच जना प्रहरी सहायक निरीक्षकलाई नसिहत र एक जना प्रहरी सहायक निरीक्षकलाई तलब वृद्धि रोक्का गरिएको छ । विभागीय कार्वाही पाउनेमध्ये अरु दुई प्रहरी नायब निरीक्षकलाई सख्त चेतावनी दिइएको, दुई प्रहरी हवल्दारको तलब वृद्धि रोक्का गरिएको र एक प्रहरी जवानको पद्धोन्नति रोक्का गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । राम्रो काम गरेबापत यस आवमा १०१ प्रहरी पुरस्कृत भएका छन् जसमा ४३ प्रहरी जवान छन् । त्यस्तै २० हवल्दार, १४ प्रहरी सहायक निरीक्षक, ८ प्रहरी नायब निरीक्षक, ८ प्रहरी निरीक्षक र ६ प्रहरी नायब उपरीक्षक पुरस्कृत भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । ---


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video