सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
राजनीति
Jul 07, 2019
‘मुख्यमन्त्री र नगरप्रमुख बनाउन मात्र सङ्घीयता ल्याएका होइनौँ’
कास्की । असार २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्मन्त्री, नगरप्रमुख र गाउँपालिका अध्यक्ष बनाउनका लागि मात्र सङ्घीय व्यवस्था नल्याइएको बताउनुभएको छ । मादी गाउँपालिकाले पाँचौँ गाउँसभाबाट पारित गरेको आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण समारोहमा आज गाउँपालिकाको केन्द्र याङ्जाकोटमा उहाँले विगतमा काठमाडौँमा रहेको एउटा सरकारले देशको विकास नभएकाले त्यसलाई फालेर देशमा तीन तहमा गरी ७६१ सरकार गठन गरेर अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्यमन्त्री, गाउँपालिका अध्यक्ष र नगर प्रमुख बनाउन सङ्घीयता ल्याइएको होइन, जनताको पीरमर्का बुझ्नका लागि जनतालाई घरघरमा पुगेर सेवा गर्नका लागि काठमाडाँै मात्र होइन, यही याङ्जाकोट र पोखरामा सिंहदरबार ल्याएका छौँ ।” मुख्यमन्त्री गुरुङले समावेशी लोकतन्त्रको अभ्यास गरिएको र देशको विकासका लागि अब कुनै पनि अवरोध र बाधा अड्चन नभएको बताउनुभयो । उहाँले आगामी १० वर्षभित्र मध्यमखालको विकास भएको मुलुकका रुपमा लैजाने र २५ वर्षभित्र विकसित मुलुकको दाँजोमा लैजाने भनेर सरकारले योजना बनाएको उल्लेख गर्नुभयो । उहाँले प्रदेशका १५ प्रतिशत जनताको घरमा अहिले पनि बिजुली नबलेकोमा आगामी आर्थिक वर्षमा पाँच लाख ७८ हजार २९७ घरधुरीसम्म विद्युत् पु¥याउने गरी बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्यद्वय मनबहादुर गुरुङ र गायत्री गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले आगामी आर्थिक वर्षमा पूर्वाधार विकासलाई प्राथमिकता दिई गाउँसभाबाट पारित रु ६१ करोड ३२ लाख ४४ हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video