सेना/ प्रहरी/ शशस्त्र समाचार
Jul 07, 2019
लागुऔषधसहित दुई जना पक्राउ
काठमाडौँ, असार २२   नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले ललितपुरमा अजिता गुरुङले सञ्चालन गरेको कपडा सिलाउने पसलमा छापा मार्दा ठूलो परिमाणमा लागुऔषधसहित गुरुङ र उनका श्रीमान् सुरेन नगरकोटीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले कपडा सिलाउने पसलमा लागुऔषध कारोवार गरिरहेको सूचनाका आधारमा छापा मार्दा पाँच हजार १०५ एम्पुल, डाइजेपाम एक हजार ७८३ एम्पुुल, नुर्फिन दुई हजार १२१ एम्पुल र फेनार्गन एक हजार २०१ एम्पुल फेला परेको बताउनुभयो । प्रहरीले रु एक लाख ५० हजार, मोबाइल सेट ३६ थान, आइप्याड तीन थान र पावर बैँक एक थानसमेत बरामद गरेको छ । पक्राउ परेका नगरकोटी लामो समयदेखि लागुऔषधको कारोवार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video