सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
राजनीति
Jul 07, 2019
वर्तमान सरकार कुनै हालतमा असफल हुँदैन ः अध्यक्ष दाहाल
भक्तपुर, असार २२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार कुनै हालतमा असफल नहुने बताउनु भएको छ । आज भक्तपुरको बोडेमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेशनको उद्घाटन गर्दै उहाँले कम्युनिष्ट नेतृत्व सरकार असफल हुन्छ भन्नेलाई सरकार सफल बनाएर देखाउन चुनौती दिनुभयो । “कम्युनिष्टहरु अन्तर्राष्ट्रिय रुपमा आन्दोलन गर्दा लोकप्रिय हुन्छन् तर शासन सत्तामा पुगेपछि भने सफल हुँदैनन्, सत्ताको अनुभव नुहँदा समस्या आउँछ भन्ने भनाइ छ”, प्रचण्डले भन्नुभयो, “नेपालका कम्युनिष्ट आन्दोलनमा मात्रै होइन सरकार सञ्चालनमा पनि सफल छन् भन्ने देखाउनुपर्छ ।” अबको एक महीनाभित्र पार्टी एकता टुङ्ग्याएर सरकार सञ्चालनमा मात्रै पार्टी केन्द्रित रहने बताउँदै उहाँले पार्टी एकतामा मात्रै अब अल्झेर नबस्ने भनाइ राख्नुभयो । आज राजनीतिक प्रतिवेदन टुङ्गिएको बताउँदै उहाँले भन्नुभयो, “आज बालुवाटारमा प्रधानमन्त्री र म बसेर राजनीतिक प्रतिवेदनलाई टुङ्ग्याएका छौँ, ठूलो काम पूरा भएको छ, सहमति र सहकार्यबाटै एकता अगाडि बढ्छ ।” सरकार र पार्टीले देशलाई स्थायित्व, समृद्धि र विकास दिन नसके दुर्भाग्य हुने बताउँदै उहाँले सबै खालका अहङ्कारलाई त्यागेर जनताको हितमा काम गर्ने भनाइ राख्नुभयो । जनतालाई निर्वाचनमा जाँदा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “सरकार र पार्टी दुवै यतिखेर विशेष परिस्थितिमा गुज्रिरहेको छ, पार्टी एकताको सन्दर्भ पनि सङ्क्रमणमै छ, हामीले विगतमा गरेको घोषणालाई व्यवहारमा उतार्ने अग्निपरीक्षामा हामी रहेका छौँ ।” पार्टी गुट र स्वार्थमा नभई देश र जनताको हितमा लाग्ने बताउँदै उहाँले सरकारको लोकप्रियताको ग्राफलाई घट्न नदिई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टीको आगामी महाधिवेशन एकताको महाधिवेशन हुने बताउँदै प्रचण्डले भन्नुभयो, “एकतापछिको पार्टीको आगामी महाधिवेशन एकता महाधिवेशन नै हुन्छ, यसमा कुनै चुनाव र मतदान हुँदैन, सहमतिबाटै अगाडि बढ्ने हो, त्यसपछिको महाधिवेशन मतदान प्रक्रियामा जाला ।” उहाँले एकताबद्ध भएर तल्लो तहसम्म जानुपर्नेमा जोड दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video