धर्म/संस्कृति
Jul 09, 2019
आज मिति २०७६ असार २४ गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असार २४ ।विक्रम संवत २०७६ आषाढ २४ गते मंगलबार । तदनुसार २०१९ जुलाइ ९ तारिख आषाढ शुक्ल पक्ष सप्तमी तिथि विहान ९ । १३ उप्रान्त अष्टमी तिथि हस्ता नक्षत्र राति ९ । २६ उप्रान्त चित्रा नक्षत्र परिघ योग साँझ ५ । १७ उप्रान्त शिव योग भद्रा करण आनन्दादि योगमा सौम्य योग चन्द्रमा कन्या राशिमा रोग बेला विहान ६। ४६ सम्म आज चन्द्रमा दक्षणमा रहने भएकोले आज काम गर्दा पूर्बफर्केर यात्रा पूर्बको भएमा सिधै अन्यभएमा केहि पूर्ब गएर गर्नु बेश विहानै उठेर पूर्ब फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ हँ हनुमते रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः यस्तो समयहो ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः इ ४ मन्त्रको सके सम्म धेरै नभय कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज र सरल हुनेछ यो समय देशका लागि प्रतिकूल भएकोले यो मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला आँखिर देश वलियो भएन हामी बलियो हुनेहो 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिश्रम गरेर पनि गरेका काम असफलभै मन चिन्तित हुनेछ । शत्रु सकृय हुने आफ्नो मनोबल घट्ने समयमा निर्णय नहुदा काम नबन्ने योग 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusबौध्दिक कार्यमा मित्रहरुको सहयोग मिल्नेछ परिवार बाट उचित सहयोग पाउने र आफुले गरेका प्रायसले ठूलै लाभ उठाउन सकिने छ पढाइमा सफल हुने भएकोले सकृय हुनु होला 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiअरुले कामको प्रसम्सा गर्ने भएकोले मनोबल बढ्नेछ मित्रको सहयोगमा नयाँकाम प्राप्त गरि धनलाभ हुन सक्नेछ भेट घाटमा मन प्रसन्नहुनेछ अरुको मन सजिलैजित्न सकिनेछ 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपराक्रम बढने अधुरा काम बन्ने तथा नयाँकाम पाउने योग भएकोले महत्वपूर्ण काम विहानै गर्नुहोला घरेलु काममा रुचि र खुसि बढने मित्रले साथ दिने परिवारले सघाउने भएकोले सकृय हुनुहोला

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoशुभ समाचार सुन्न पाइनेछ बोलिको प्रभाव राम्रो भयकोले ठूला व्यक्तिको साथ अन्तरकृया गरेर लाभ हासिल गर्न सकिने छ अरुले आफ्नुलागि विविध कार्यमा सहयोग पुर्याउने भएकोले सकृय हुनु होला

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoमहत्वपूर्ण भेटघाटले मनोवल बढने काममा सुधारआउने र मनमाखुसि बढने योग विस्वासमा ठूला व्यक्तिको साथपाएर अघिबढने अवसर मिल्ने भएकोले महत्वपूर्ण काम गर्नुहोला
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraगलत विचार बढनाले सोचेको काममा असफलभै धन नासहुने अरुको विस्वास आफुमा राख्न नसकिने भएकोले महत्व पूर्ण काम नगर्नुहोला खर्च बढने विबाद बढने काममा अवरोध आउने भएकोले सजग हुनुराम्रो

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपुराना अप्ठ्यारा हरुको सामाधनको समयहो राज्यबाट बास्तविकता वुझेर सहयोग हुने समयहो आँटेका काममा सफलता मिल्नेछ विस्वास अरुको जित्न सकिनेछ धन आर्जनपनि राम्रै हुनेछ धैर्य गर्नु उचित हुनेछ 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविहानै सुनिने शुभ समाचारले मनोबल बढ्ने राज्यवाट सम्मान पाउँदा खुसि बढने योग जोस र जागर बढने तथा नयाँ कार्यमा रुचिबढने अरुबाट सहयोग पाउदा सहज हुने योग मनमा बिकृर्ति सिर्जाना होला ॐ नमः शिवाय भन्ने जप गर्दा राम्रो 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornधार्मिक र सामाजिक कार्यमा लागेर प्रसन्नता र खुसि बढने योगछ आँटेको काममा सफलता पाउनाले मनोबल बढ्नेछ मान सम्मान मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ 

 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअनायास स्वास्थ विग्रनाले मन खिन्नहुने छ गरेकाम सजिलै पार लाग्नेछैनन प्रेममा खुसि मिल्नेछैन आर्थिक कठिनाइले समस्या हुनेछ लेन देन गरेमा अवरोध आउने छ 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविहानै विदेशीयका मित्रको सम्झनाले आनन्द मिल्नेछ व्यापार र वैदेशिक कार्यवाट धन लाभपनि मनग्य हुनेछ यात्रा गर्ने अवसर मिल्नेछ देशको प्रतिनिधित्व गर्ने विदेश जाने अवसर पनि मिल्नेछ



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video