सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
राजनीति
Jul 09, 2019
सङ्घीय स्वास्थ्य प्रणालीको पुनः संरचना विषयमा छलफल
पोखरा, असार २४  ।  पोखरामा सङ्घीय स्वास्थ्य प्रणालीको पुनः संरचना विषयमा छलफल भएको छ । दुईदिने सम्मेलनमा जनस्वास्थ्यका प्राध्यापक, अनुसन्धानकर्ता एवं विज्ञबाट विभिन्न विषयमा प्रस्तुति भएको आज यहाँ आयोजित पत्रकार भेटघाटमा सम्मेलन आयोजक समितिका अध्यक्ष सह प्राध्यापक डा डमरुप्रसाद पनेरु जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा जनस्वास्थ्य विषयका प्राध्यापक शरदराज वन्तले ‘विश्व कार्ययोजना ः स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य प्राप्तिको मार्ग’ विषयमा प्रस्तुति राख्नुभएको थियो । त्यस्तै प्राध्यापक डा राजेन्द्रकुमार बिसीले तथ्य निर्माण प्रणाली र स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै राष्ट्रिय बीमा बोर्डका अध्यक्ष सहप्राध्यापक उमाशङ्कर प्रसाद, सहप्राध्यापक राजेन्द्र कार्की, प्राध्यापक डा सुजनबाबु मरहठ्ठा, खिमबहादुर खड्का लगायतले स्वास्थ्य बीमा एवं सङ्घीय संरचनामा स्वास्थ्य लगायतका विषयमा आआफ्ना प्रस्तुति राख्नुभएको थियो । उपप्राध्यापक चिरञ्जीवी अधिकारीले सम्मेलनमा १६० जनाको सहभागिता रहेको जानकारी दिनुभयो । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय तथा स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजको आयोजना एवं विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उक्त कार्यक्रम भएको थियो । सम्मेलनमा नसर्ने र सर्ने रोग, स्वास्थ्य र पोषण एवं स्वास्थ्य बीमा लगायतका सम्बन्धित विज्ञहरूले आआफ्ना धारणा राख्नुभएको भयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video